Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा क-कसको भयो जमानत जफत ?

रुकुम पश्चिममा फागुन २१ गतेको मतगणना सकिएको छ । प्रत्यक्ष र समानुपातिक तर्फको मत गणना सम्पन्न भइसकेको छ । प्रत्यक्ष तर्फ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्मा २१ हजार ६ सय ९ मत ल्याएर निर्वाचित हुनुभयो । समानुपातिक तर्फ पनि नेकपाले नै सबै भन्दा बढी मत २० हजार ३६ मत ल्यायो । यस निर्वाचनमा १२ दल सहभागी थिए ।

यस निर्वाचनमा जिल्लामा ९ जनाको जमानत जफत भएको छ । जमानत जोगाउन प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । तर सदर मत ५९ हजार ५ सय २३ को १० प्रतिशत अर्थात् ५ हजार ९ सय ५२ मत नल्याउने ९ जना उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका मानबहादुर शाही, नेकपा एमालेका नन्दराम देवकोटा, नेकपा माओवादीका चन्द्रबहादुर बुढा, राप्रपाका गोपाल खड्का, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ, उज्यालो नेपाल पार्टीका नरेन्द्र केसी, नेकपा संयुक्तका शेरबहादुर केसी, आम जनता पार्टीका प्रेमा दमाई नेपाली र नेपाल मजदुर किसान पार्टीका धनबहादुर खड्का रहेको कार्यालयले जनाएको छ ।

यद्यपि एमालेका नन्दराम देवकोटा र उज्यालो नेपालका नरेन्द्र केसीले उम्मेदवारी निष्क्रिय पार्नुभएको थियो । जिल्लामा विजयी नेकपाका गोपाल शर्मा, नेपाली काँग्रेसका राजु केसी र प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले मात्र जमानत जोगाउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका शाहीले चार हजार ७६, नेकपा (एमाले)का देवकोटाले एक हजार ८६९, नेकपा (माओवादी) का बुढाले ३६६, राष्ट्रिय प्रजातन्त्र पार्टीका खड्काले २२८ मत ल्याउनु भयो । त्यसै गरी राष्ट्रिय जनमोर्चाका श्रेष्ठले १७०, उज्यालो नेपाल पार्टीका केसीले ८४, नेकपा (संयुक्त)का केसीले ५४, आम जनता पार्टीका नेपालीले ४५ र नेपाल मजदुर किसान पार्टीका बि.क.ले १५ मत ल्याउनुभयो ।

निर्वाचन ऐनको दफा ७) (१) अनुसार प्रत्यक्ष निर्वाचनमा सहभागी उम्मेदवारले १० हजार रुपैयाँ धरौटी राख्नुपर्छ । उक्त दफाको उपदफा (२) मा महिला र दलित वा अल्पसङ्ख्यक समुदायका उम्मेदवारले उपदफा १ बमोजिमको धरौटीमा ५० प्रतिशत छुट पाउने व्यवस्था छ ।  

dharauti-jafat-1773052734.png

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update