फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टी रुकुम पुर्वका उम्मेदवार सन्दीप पुनले १ लाख १० हजार ६७१ रुपैयाँ खर्च गर्नुभएको छ । पुनले आज खर्च विवरण जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वमा बुझाउनुभएको हो । उक्त खर्च विवरणमा उम्मेदवार पुनले १ लाख १० हजार ६ सय ७१ रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ ।
पुनले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम निर्वाचन खर्च विवरण बुझाउनुभएको हो । उक्त खर्च विवरण अनुसार उहाँले उम्मेदवारी शुल्कमा १० हजार, प्रचारप्रसार सामग्रीमा ३६ हजार ६ सय , इन्धन खर्च ५ हजार ७ सय ७१,
साउण्ड स्पिकरमा १७ हजार, खाजा, खाना सम्पर्क कार्यालय संचालनमा २१ र विविध खर्च २० हजार गरेर कुल १ लाख १० हजार ६ सय ७१ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।
उक्त खर्च निर्वाचन प्रयोजनका लागि खोलिएको बैङ्क खाता मार्फत खर्च गरेको उहाँले जानकारी गराउनुभएको छ । नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको रुकुम पुर्वमा नेकपा(एमाले) का उम्मेदवार लिमामणी गौतम दोस्रो हुनुभएको थियो । यहाँ नेपाली काङ्ग्रेस तेस्रो भएको थियो ।
रुकुम पूर्व अधिकतम २७ लाख रुपैयाँ खर्च गर्न पाउने जिल्लामा परेको थियो । निर्वाचन आयोगले जिल्लाहरूलाई वर्गीकरण गर्दै अधिकतम २५ लाख देखि अधिकतम ३३ लाखसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको थियो ।





-1759842583.jpg)