फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमका उम्मेदवार मानबहादुर शाहीले ७ लाख ६३ हजार रुपैयाँ खर्च गर्नुभएको छ । निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणमा ७ लाख ६३ हजाार रुपैयाँ खर्च गरेको उल्लेख गर्नुभएको छ । शाहीले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम निर्वाचन खर्च विवरण बुझाउनुभएको हो ।
उक्त खर्च विवरण अनुसार सवैभन्दा बढी प्रचार प्रसार सामग्रीमा २ लाख २० हजार खर्च भएको छ । त्यस्तै यातायातमा १ लाख ६० हजार, खाना, आवासमा १ लाख ८० हजार, डिजेलमा १ लाख ५० हजार, मनोनयन दर्तामा १० हजार, मतदाता नामावलीमा ३ हजार र विविधमा ४० हजार गरेर कुल ७ लाख ६३ हजार खर्च भएको उल्लेख गर्नुभएको छ ।
नेकपाका गोपाल शर्मा विजयी भएको रुकुम पश्चिममा, नेपाली काग्रेसका राजु केसी दास्रो, प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार जर्नादन शर्मा तेस्रो हुँदा रास्वपाका शाही चौथो बन्नुभएको थियो ।





-1759842583.jpg)