रुकुम पश्चिममा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १५ वटा विद्यालयबाट शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिक र संस्थागत गरी १५ वटा विद्यालयले शत प्रतिशत नतिजा ल्याएका हुन् । जिल्लाभर माध्यमिक परीक्षा(एसइई) मा सामुदायिक तथा संस्था गरी गरी ८१ वटा विद्यालयबाट विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमा १५ वटा विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले जनाएको छ ।
१५ वटा विद्यालयको नतिजा शतप्रतिशत आउँदा सानीभेरी गाउँपालिका ५ घापागारमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको भने नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख माधवी पुनले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त विद्यालयबाट ३५ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए । ती सबै नन ग्रेडेट भएको उहाँको भनाई छ ।
शतप्रतिशत नतिजा प्राप्त गर्ने विद्यालय
शतप्रतिशत नतिजा हासिल गर्नेमा साइकुमारी मावि रोकाजाखेत, साधारण मावि मुरुडाँडा, त्रिवेणी मावि सिमुत, हिमालय जनता मावि नुवाकोट डाँडा र जनप्रिय मावि पेउघा रहेका छन् । त्यस्तै अन्धनाशक मावि खुम्चेरी, पशुपति मावि रातामाटा, जनजागृति मावि साँख, जनकल्याण मावि कासपोखरी न्यूमुनलाइट सेकेन्डरी बोर्डिङ स्कुल, विजयश्वरी सेकेन्डरी बोर्डिङ स्कुल, सिस्ने एकेडेमी सोलावाङ, जनकल्याण मावि जोगिनेटा, भ्याली पब्लिक सेकेन्डरी बोर्डिङ स्कुल चौरजहारी र सरस्वती एडभान्स बोर्डिङ स्कुलबाट पनि शतप्रतिशत नतिजासहित सबै विद्यार्थी उत्तीर्ण भएका छन् ।
विद्यालयको नियमित पठनपाठन, शिक्षकहरूको मेहनत तथा अभिभावकको सहयोगका कारण उत्कृष्ट नतिजा हासिल गर्न सम्भव भएको मुसिकोट नगरपालिका १ मा रहेको विजयश्वरी बोर्डिङ स्कुलका प्रिन्सिपल जयबहादुर थापाले बताउनुभयो । बाँकी ६५ वटा विद्यालयबाट भने केही विद्यार्थी उत्तीर्ण र केही विद्यार्थी नन ग्रेडेट भएका छन् । जिल्ला भर यस वर्ष ७९ दशमलव ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले जनाएको छ ।
यसैविच जिल्लाबाट पहिलो पटक २ जना विद्यार्थीले जिपीए ४ प्राप्त गरेका छन् । मुसिकोट १ खलंगाको त्रिभुवन जनता माविका सौजन खड्का र चौरजहारीको शीतल माविका सुचित यादवले जिल्लामै पहिलो पटक जिपीए ४ प्राप्त गरेका हुन् ।
शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुने विद्यालयको नाम र विद्यार्थी संख्या :



1686475760.jpg)


-1759842583.jpg)