Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा भीषण हावाहुरी : घरदेखि सरकारी कार्यालयसम्म व्यापक क्षति
फाइन फाेटाे ।

सोमबारराति रुकुम पश्चिममा चलेको भीषण हावाहुरीले व्यक्तिका घरदेखि सरकारी कार्यालयहरुमा ठुलो क्षेति पुर्याएको छ । गएराती आएको भीषण हावाहुरीले जिल्लाका विभिन्न स्थानमा रहेका घर, सरकारी कार्यालय तथा विद्यालयमा ठूलो क्षति पु¥याएको हो  । हावाहुरीका कारण मुसिकोट नगरपालिका र आठबिसकोट नगरपालिकाका विभिन्न स्थानमा रहेका घरका छाना उड्नुका साथै रुख ढलेर घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार हावाहुरीका कारण भाैतिक स‌रचनामा क्षेति पुगेपनि मानवीय तथा चौपाया भने  क्षति भएको छैन् । हावाहुरीका कारण मुसिकोट नगरपालिका–५ बागबजारमा दिलपुरा रोकाको दुई तले पक्की घरमाथि नजिकैको खरीको रुख ढल्दा घरमा क्षति पुगेको छ । त्यस्तै मुसिकोट–४ चाँपाका पूर्णबहादुर हमालको ढुङ्गा–माटोले बनेको घरमाथि पिपलको रुख ढलेर क्षति पुगेको छ । सोही स्थानका कर्णबहादुर चन्द, गनबहादुर सार्की तथा मुसिकोट–१ पातुखोलाका रामकुमार रोकायको घरका जस्तापाता र काठ हावाहुरीले उडाएर क्षति पु¥याएको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । त्यस्तै हावाहुरीका कारण आठबिसकोट नगरपालिका–१३ तारापानीमा निवासी खडक केसी, जगे पुन, दलबहादुर खत्री, सुरेन्द्र पुन, नर्तम पुन र तेजबहादुर पुनका घर तथा बाख्राको खोरका छाना उडाएर क्षति पु¥याएको पुगेको छ ।

हावाहुरीले सरकारी कार्यालय र विद्यालयसमेत जोगिन सकेनन् । मुसिकोट–१ सल्लेमा रहेको नागरिक उड्डयन कार्यालय भवनको जस्तापाता उडाएको छ भने मुसिकोट–३ पिपलनेटास्थित कृषि विकास कार्यालयमा जडान गरिएका २० वाट क्षमताका चारवटा सोलार प्यानल खसेर फुटेका छन् ।  साथै गाडी पार्किङका लागि बनाइएको ट्रस्टसमेत हावाले उडाएको छ ।

त्यस्तैगरी आठबिसकोट–१३ तारापानीस्थित बालसेवा प्रावि पिपलडाँडाको भवन तथा शौचालयकाे जस्तापाता र काठ, सानीभेरी गाउँपालिका ५ घामताप्नेस्थित कालिका आधारभूत विद्यालयको दुई कोठे ट्रस्ट भवनको छाना हावाहुरीले उडाएर क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update