Kakhara सबैको खबर सम्पूर्ण खबर
तीन महिना भाका नाघेको महसुल तत्काल बुझाउन मुसिकोट खानेपानी संस्थाकाे आग्रह 

मुसिकोट खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले तीन महिना भाका नाघेको खानेपानीको महसुल तुरुन्त बुझाउन उपभोक्ताहरूलाई अनुरोध गरेको छ । एक सूचना जारी गर्दै संस्थाले तीन महिना भाका नाघेको महसुल तत्काल बुझाउन भनेको हो । 

संस्थाले भाद्र १६ गते सूचना जारी गर्दै सात दिन भित्र तीन महिना भाका नाघेको खानेपानी महसुल बुझाउन भनेको छ । नत्र धारा काट्ने संस्थाले चेतावनी दिएको छ । 

सूचना जारी भएको ७ दिन भित्र अनिवार्य रूपमा खानेपानीको महसुल बुझाई सहयोग गरिदिनुहुन अनुरोध छ । नत्र संस्थाको नियमानुसार धाराको लाइन बन्द गरिने ब्यहोरा जानकारी गराइन्छ, सूचनामा भनिएको छ । 

संस्थाले मुसिकोट नगरपालिकाको खलङ्गा बजार सहित विभिन्न वडामा खानेपानी वितरण गर्दै आइरहेको छ । व्यक्तिगत र संस्थागत गरी संस्थाका ११ सय ५२ उपभोक्ताहरू रहेको संस्थाका अध्यक्ष महेन्द्रराज गौतमले जानकारी दिनुभयो । 

ठुलो बक्यौता उठ्न बाँकी रहेकाले महसुल बुझाउन उपभोक्ताहरूलाई आग्रह गरिएको उहाँले बताउनुभयो । संस्था सञ्चालन तथा नियमित खानेपानीका लागि महसुल उठ्न जरुरी भए पनि धेरै उपभोक्ताहरूबाट लामो समयको महसुल उठ्न बाँकी रहेको उहाँको भनाई छ ।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update