रुकुम पश्चिमबाट ठगी मुद्दाका फरार प्रतिवादी घर्ती पक्राउ
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले ठगी सम्बन्धी कसुरमा फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ का अन्दाजी ३० वर्षीय सुनिल घर्ती मगरलाई आफ्नै घरबाट मङ्गलवार बिहान ८ बजेको समयमा पक्राउ गरिएको हो ।
घर्ती विरुद्ध जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँमा ठगी सम्बन्धी कसुर मुद्दा रहेको र सोही मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो ।
ठगी सम्बन्धी कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई अनुसन्धानको सिलसिलामा फरार रहेका घर्तीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । घर्तीलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको प्रहरी निरीक्षक परियारको भनाई छ ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३ १५:५२
प्रतिक्रिया दिनुहोस्





