रुकुम पश्चिम आउँदै गरेको बस सल्यानमा दुर्घटना भएको छ । दुर्घटनामा परी १५ जना घाईते भएका छन् । दाङको तुलसीपुरबाट रुकुम पश्चिम आउँदै गरेको रा १ ख १७९२ नम्बरको बस कपुरकोट गाउँपालिका–३ मुलपानी नजिकै आज दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा परी सल्यान कपुरकोट गाउँपालिका–५ की २३ वर्षीया रेखा साहु, सोही ठाउँकी ३१ वर्षीया सीता बुढाथोकी, दार्मा गाउँपालिका–६ का २० वर्षीय प्रवेश बस्नेत, शारदा नगरपालिका–१५ का ४९ वर्षीय ताराप्रसाद नाथ, शारदा नगरपालिका–१ का ४० वर्षीय कृष्ण गौतम घाईते भएको इलाका प्रहरी कार्यालय लुहामका श्यामप्रकाश यादवले जानकारी दिनुभयो ।
यस्तै कुमाख गाउँपालिका बस्ने ७३ वर्षीय हिरे राना, कपुरकोट गाउँपालिका–५ रिम बस्ने ४५ वर्षीय धनबहादुर रोका, सोही ठाउँका २१ वर्षीया यामकुमारी बोहरा, तिला महतारा, बागचौर नगरपालिका–२ का ४५ वर्षीय लालबहादुर डाँगी, दाङ दङ्गीशरण गाउँपालिकाकी २५ वर्षीया निर्मला शर्मा, तुलसीपुर उपमहानगरपालिका ३ बस्ने २८ वर्षीय विनोद बुढाथोकी, रुकुम पश्चिम मुसीकोट नगरपालिका–४ का ७५ वर्षीय मोहनसिंह पुन, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–२ का २१ वर्षीय जोकबहादुर खड्का र सोही ठाउँका २२ वर्षीय किरण ओली रहेको यादवले बताउनुभयो ।
घाइते सबैलाई दाङ तुलसीपुरमा पठाइएको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ । चालक सल्यान छत्रेश्वरी गाउँपालिका–३ दारिमज्युलाका ४० वर्षीय ठाकुरसिंह बिक फरार रहेको प्रहरीले जनाएको छ ।





-1759842583.jpg)