Kakhara सबैको खबर सम्पूर्ण खबर
परियोजना सल्लाहकार समिति गठन

यूनाइटेड मिशन टू रुकुम पूर्व क्लष्टरको आर्थिक सहयोग तथा विभिन्न संघ संस्थाद्धारा सञ्चालित परियोजनाको सल्लाहकार समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओलीको संयोजकत्वमा सल्लाहकार समिति बनाइएको हो ।

एक भन्दा बढी स्थानीय तहमा परियोजना सञ्चालन गरेका अन्तराष्ट्रिय संघ संस्थाद्धारा जिल्ला स्तरीय परियोजना सञ्चालन समिति गठन गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार परियोजना सल्लाहकार समिति गठन गरिएको यूनाइटेड मिशन टू रुकुम क्लष्टरका टीम लिडर रमेश थिङले जानकारी दिनुभयो ।

सल्लाहकार समितिको सदस्यमा पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, यूनाइटेड मिशन टू रुकुम पूर्व क्लष्टरका टीम लिडर, वन, पशुपञ्क्षि, शिक्षा, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना प्रमुख सदस्य रहेका छन् ।

सल्लाहकार समितिले परियोजना सञ्चालनको अवस्था र प्रगतिबारे अनुगमन गर्ने र पृष्ठपोषण गर्नेछ । रुकुम पूर्वमा यूनाइटेड मिशन टु क्लष्टरको आर्थिक सहयोगमा नेपाल  जनजागरण मञ्च र मिक नेपालले विभिन्न परियोजना सञ्चालन गरिरहेका छन् । 

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update