७१ औँ प्रहरी दिवस रुकुम पश्चिममा पनि मनाइएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले मुसिकोट खलङ्गामा रहेको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निशानराज गौतमको प्रमुख र मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाली सेनाको चण्डी दल गण सल्लेका गणपति प्रमुख सेनानी विनिश श्रेष्ठ, सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक सुवेनबाबु कँडेल, प्रमुख अनुसन्धान अधिकृत नेबबहादुर राना लगायतको आतिथ्यता रहेको थियो ।
-1792154776.jpeg)
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले राष्ट्र सेवामा नेपाल प्रहरीको अग्रणी योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो । समाजका हरेक गतिविधिमा प्रहरीको योगदान रहेको भन्दै उहाँले यो योगदानलाई अझ सशक्त बनाउन आग्रह गर्नुभयो ।
सामाजिक स्वार्थलाई केन्द्रमा राखेर राष्ट्रको सेवामा तल्लीन हुन उहाँले समग्र प्रहरी कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ । जिल्लाको शान्ति सुरक्षा, अमन चयन कायममा नेपाल प्रहरीले पुर्याएको योगदान अनुकरणीय रहेको उहाँको भनाई छ ।
-1792154775.jpeg)
कार्यक्रममा प्रहरी दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गर्नुका साथै उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई सम्मान गरिएको थियो । त्यस्तै अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
यसका साथै अमर प्रहरी स्तम्भमा माल्यार्पण तथा पुष्प गुच्छा सहित श्रद्धा सुमन प्रकट गरिएको थियो । प्रहरी निरीक्षक हेमन्त गिरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले गर्नुभएको थियो ।
आज देशभरमा विभिन्न कार्यक्रम गरी नेपाल प्रहरीको ७१ औँ वार्षिकोत्सव अर्थात् स्थापना दिवस मनाइएको छ ।
-1792154777.jpeg)
-1792154773.jpeg)





