फूलपाती उठाइयो
                            
                            
                                                        
                                                     
                                                                        बडा दसैंको आज तेस्रो दिन फूलपाती भित्र्याउने दिन । रुकुम पश्चिममा पनि विभिन्न मन्दिर फूलपात भित्र्याइएको छ । जिल्ला सदरमुकाम खलंगा स्थित कालिका मन्दिरबाट फूलपाती उठाइएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले कालिका मन्दिरबाट फूलपाती आ–आफ्नो दसैं घरमा भित्र्याइएका छन् ।
विहान साइतमै नेपाली सेनाको नरसिङ दल गण, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको ४७ नम्बर गणले एकै साथ पूजापाठ गरेर फूलपाती लिएका हुन् । त्यसक्रममा उनिहरुले विभिन्न देवीदेवतालाई सलामी अर्पन गरेका थिए ।
मन्दिरबाट लिएको फूलपातीलाई सबैले दसैं घरमा लिएर विविधपूर्वक पूजाआजा गर्ने गर्दछन् । हरेक वर्ष घटस्थापनादेखि नै दसैंको चहलपहल यस मन्दिरमा हुन्छ । यो सहित जिल्लाका अरु मन्दिरहरुमा पनि दसैंको पूजाआजा हुने गर्दछ । 
 
प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १२:०८
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                                 
                                                 
                                                 
                                                -1761806698.jpeg) 
                    


-1759842583.jpg)
 
                     
                     
                     
                     
                     
                    