Kakhara सबैको खबर सम्पूर्ण खबर
सल्लेमा आँखाको निःशुल्क अप्रेशन

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १ सल्लेमा आँखाको निःशुल्क अप्रेशन शिविर सुरु भएको छ । डाक फाउण्डेशनको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा मुसीकोट नगरपालिका र आँखा उपचार केन्द्र सल्लेले आयोजना गरेको शिविर भोलीसम्म चल्ने छ । 

शिबिरबाट मोतिया बिन्दु र आँखामा मासु पलाएका व्यक्तिहरुको अप्रेशन निःशुल्क रुपमा भइरहेको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो । त्यस्तै चश्मा र औषधि निःशुल्क वितरण भइरहेको छ भने आँखाको जाँच गर्दा पनि पैसा नलाग्ने उहाँले बताउनुभयो । 

२ दिनसम्म चल्ने शिविरमा डा. ज्योति सापकोटाको नेतृत्वमा १४ जना स्वास्थ्यकर्मीको टोली खटिएको छ । शिबिरबाट जिल्लाभरका आँखाको समस्या भएका बिरामीहरुले सेवा लिन सक्ने बताईएको छ । 

शिविरको मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले आज बिहान उद्घाटन गर्नुभयो । कार्यक्रम नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा सभापति शिवराम खत्रीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन नेपाल नेत्र ज्योति संघका जिल्ला शाखा सचिव टेकबहादुर कुशारीले गर्नुभएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update