Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटको खरेखरेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु 

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ३ को खरखरेमा भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । मध्यपहाडि लोकमार्ग अन्तरगत खरेखरेमा बिहान साढे ६ बजेको समयमा ट्याक्टर दुर्घटना हुँदा जिल्लाको त्रिवेणि गाउँपालिका वडा नम्बर १ रुघाका ३१ वर्षिय ललित बुढाको मृत्यु भएको हो । 

वडा नम्बर ३ को पिपलनेटाबाट सिमेन्ट लिएर वडा नम्बर ३ कै माछिमी तर्फ गइरहेको लु १ त ९ सय ६२ नम्बरको ट्याक्टर सडकबाट करिब ३ सय २५ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

बुढा उक्त ट्याक्टरको सह चालक भएको बताईएको छ । चालक फरार रहेका छन् भने बुढाको शव पोस्ट मार्टमका लागि जिल्ला अस्पताल सल्लेमा लगिएको छ ।  

 

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update