ट्याक्टर दुर्घटनामा श्रीमानको मृत्यु श्रीमती घाइते
                            
                            
                                                        
                                                     
                                                            रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । विहीबार राति १ बजे ७ नम्बर वडाको औलमा रा १ त ४४१२ नम्बरको ट्याक्टर पल्टदा चालक २५ वर्षीय करण नेपालीको मृत्यु भएको छ भने चालक विककी श्रीमती १९ वर्षीया सपना घाइते भएकी छिन् । उनको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर दाँजेबाट राडी तर्फ आउने क्रममा सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । 
 
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  ०९:२५
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                                 
                                                 
                                                 
                                                -1761806698.jpeg) 
                    


-1759842583.jpg)
 
                     
                     
                     
                     
                     
                    