Top Navigation
शनिबार, माघ २१, २०७९ ११:०९:२०
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:०९:२०
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #साँख गाउँ
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजा
Search Here
विचार/व्लक
  • Home
  • विचार/व्लक
  • एक अजम्बरी प्रेम कथा 
एक अजम्बरी प्रेम कथा  यो अन्धविश्वासमा रहेको समाजमा हाम्रो पिरती सफल हुन सकेन ।
कखरा संवाददाता
कखरा संवाददाता मंगलबार, मंसिर २८, २०७८
माया बेकरी माया बेकरी

    प्रेमबहादुर खत्री (झलक माहिला)

म भेरी वारिको मान्छे अनि तिमी भेरी पारिकी मान्छे । हिजोको दिन सम्म तिम्रो र मेरो नत देखा देख नै भाको थियो नत चिनाजान नै थियो । जब संयोगले तिम्रो र मेरो प्रत्येक्ष रूपमा भेट भयो तब देखिनै मनमा पिरतिका मुनाहरु पलाउन थाले । त्यो दिन त हेरा हेर गरेर हामी छुट्टियौ तर भोलिपल्ट देखि तिम्रो याद र स्मृति मेरो मानसपटलमा झलझल्ती आउन थाल्यो । मलाई कतिखेर भेटु र कतिखेर देखु लाग्न थाल्यो । सधै तिम्रो नै याद गर्न थाले । तिम्रो त्यो शुन्दर मुहार मेरो नयन वरिपरि सधै घुम्न थाल्यो । म हिड्दा होस या कुनै काम गर्दा होस मैले आफ्नो सारथि हराएको जस्तो अनुभुती गर्न थाले । खाना खादा सधै त्यो थालमा तिम्रै तस्बिर मुस्काइरहेको हुन्थ्यो । सायद चोखो माया नै यसैलाई भन्छन होला । हर क्षण र हरेक पल तिम्रो नै सम्झनाले लुकामारी खेल्न थाल्यो । तिम्रै सम्झनालाई साथी बनाएर मैले आफ्नो दैनिकी बिताउने प्रयास गरि रहे ।

एक चोटि झलक्क देखेको दृश्यले मलाई सम्झनाको गहिराई मा पुर्याएको त पत्तो नै भएन । मलाई फेरि कतिखेर तिमिलाइ भेटु र मेरा मनका बेलि बिस्तार खोलु जस्तो लाग्न थाल्यो । सधै तिम्रो भेरी पारिको गाउँ हेरेर चित्त बुझाउने प्रयास गरे । अनि तिमी आउली र बिचैमा रहेकोे भेरी निरको पुलैमा भेटु झै लाग्न थाल्यो र म एउटा् न एउटा बाहाना बनाएर घन्टौ सम्म तेहि पुलमा पर्खिने गरे तिमी आउने आशामा । कयौं केटी मान्छेहरु वारपार गरिरहेका हुन्थे । म भने तिमी झै मानेर एक छिन खुशिले बुरुक बुरुक गर्थे अनि निराश भएर निन्याउरो अनुहार लाएर घर फर्कन्थे ।

तिमिलाइ थाहा छ ? त्यो दिन पनि म साढे दुई घन्टा जति तिमिलाइ पर्खिएर बसेको थिए नि । जब तिमी गुलाबी रङको कुर्ता सुरुवाल, हरियो पछ्यौरी अनि निधारमा रातो टीका लगाएर आएकी थियौ । मैले तिम्रो बयान गर्ने कुनै शब्द नै भेटाएन । आखिर तिम्रो मन पनि मेरो जस्तै त रहेछ नि । तिमिलाइ पनि मलाई जस्तै कतिखेर भेटौ भनेर उथलपुथल त भएछ नि । उनले र मैले जिन्दगी र भबिस्यको बारेमा धेरै गहिरिएर कुराकानी गर्यौ । उनले पनि मलाई असाध्यै माया गर्दी रहेछिन । हामी दुबैले हाम्रो पिरतिलाइ अझ धेरै बलियो मजबुत र प्रगाढ बनाउन बिचार गर्यौ । एक अर्का बिना हामी जिउन नसक्ने अबस्थामा आइसके पछि हामी बिबाह गर्ने र हाम्रो छुट्टै पिरतिको शुन्दर संसारमा रमाउने बिचार गर्यौ र त्यही अनुसारको तयारी पनि गरियो ।

हामी बिबाह गर्न राजी भैसकेपछी मैले उनलाइ मेरो घरमा दुलही बनाएर भित्र्याए । मैले उनलाइ लिएको केही दिन पछि माइतिहरु लामबद्द भएर मेरो घरमा आए र ठुलो ठुलो आवाजमा कराउन थाले । उनको र मेरो मन मिल्यो अनि बिहे भएको हो । हामीले कुनै धन सम्पत्ति र जात हेरेर बिबाह गरेका भने थिएनौ । माइतीहरुले मेरो झुपडीको चारैतिर ढुङ्गा र लठ्ठी बर्साउन थाले । अनि हलानो फलानो भनेर वचन लाउन थाले । वास्तविक कुरा बुझदै जादा मेरि स्वास्नी त बाहुन कि छोरी रहेछिन । कहाँ उनी बाउनकी छोरी अनि म आर्ने कामीको छोरो । कसरी उनलाइ पच्थ्यो र, के गर्ने त पियारी दुनियाँ अझै अन्धो छ समाज अझै परिवर्तन हुन सकेको छैन । एक अर्कामा मन मिलेर मात्रै केही हुदो रहेन । चोखो मनले हृदय देखिनै प्यार गर्नेको यहाँ कुनै अर्थ र मुल्यांकन छैन । पिरतिलाइ धन र जातसङ्ग तुलना गरिदो रहेछ ।

मुसिकाेट नगरपालिका

उनी धेरै बेर सम्म मेरा दुई वटा खुट्टा समाएर रोइरहिन । मर्छु उनै सङ्ग, बाच्छु त उनै सङ्ग । उनको बिलौना मेरो बिन्तिको कुनै सीप लागेन । मेरो अङ्गालोमा बाँधिएर रोइरहेकी उनलाइ च्यातेर लगिहाले । म डाको छोडेर बेस्सरी रुन थाले । तर केही उपाय लागेन । हाम्रो चोखो पिरती जातकै कारण कति छिट्टै तहस नहस बनाइदिए । अचेल हरेक रात रोएरै बित्छन मेरा । झ्यालबाट तिम्रो गाउँ हेर्छु झन मन भक्कानिएर आउछ पियारी । पापिहरुले हाम्रो मायालाइ जिबन्त बनाउन दिएनन । अब तिमिलाइ सम्झनाको साथी बनाएर जसोतसो जीवन जिउने प्रयत्न गर्नेछु । जातीय बिभेदको अन्त्य नहुन्जेल यस्ता घटनाहरु घटिरहने छन । यो अन्धविश्वासमा रहेको समाजमा हाम्रो पिरती सफल हुन सकेन । अब जातीय छुवाछूत र बिभेदको अन्त्य गर्ने अभियानमा तिमी अनि म जोडदार सङ्ग लाग्नु पर्छ र यस्तो कुप्रथा को अन्त्य गर्नुपर्छ।

जातले होईन माया मनले लगाइन्छ।
सन्सारमा महिला र पुरुष बाहेक अरु कुनै जात छैन।

लेखक-प्रेमबहादुर खत्री (झलक माहिला)
सिस्ने गाउँपालिका- ३, रुकुम (पुर्ब)
९९८४४८५८८९६०


प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १०:४७
चाैरजहारी चाैरजहारी
#विचार/व्लक
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्