रूकुम पूर्वमा बाटाे हिड्दै गर्दा लडेर एक जनाकाे मृत्यु
                            
                            
                                                        
                                                    
                                                            नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य सिस्ने गाउँपालिका २ नम्बर वडाका धनबहादुर पुनको मृत्यु भएको छ । छिपखोला स्थित घरबाट रुकुमकोट आउँदै गर्दा ४ नम्बर वडाको फारुलाको बाटोमा लडेका ४४ वर्षीय पुनको उपचारका लागि अस्पताल लिदै गर्दा बाटोमै मृत्यु भएको हो ।
विहीबार विहान कामको शिलशिलामा गाउँपालिकाको केन्द्र रुकुमकोट आउने क्रममा लडेका पुनको थप उपचारका लागि नेपालगञ्ज लिँदै गर्दा शुक्रबार विहान रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाको झुल्नेटामा मृत्यु भएको वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो ।
जिल्ला अस्पताल रुकुमकोटमा सामान्य उपचार पछि पुनलाई थप उपचारका लागि नेपालगञ्ज लिन लागिएको थियो । मृतक पुनको आजै छिपतरा स्थित सानीभेरी नदी किनारमा अन्त्यष्टि गरिएको छ । मृतक पुनका श्रीमती र एक छोरा छन् । 
 
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १५:५२
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                                
                                                
                                                
                                                
                    


-1759842583.jpg)