Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिमका सबै पालिकामा एमालेकाे बैठक

नेकपा एमाले रुकुम पश्चिमले सबै पालिकामा पालिकास्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । माघ ३ गते चौरजहारी नगरपालिकाबाट सुरु भएको पालिका स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रम सानीभेरी गाउँपालिकामा पुगेर सम्पन्न भएको हो । 

सबै पालिकामा भएको बैठकले जतिसक्दो युवा संघको नगर तथा वडा भेला गर्ने, माघ महिनाभित्रै पार्टीको सवै वडा कमिटीका बैठक र माघ ११ गते अनेमसंघको जिल्ला बैठक तथा प्रशिक्षणमा अगुवा महिला नेताहरुको सशक्त उपस्थिति गराउने निर्णय गरेको छ । 

चीनबहादुर रोकायको २२ औं स्मृति दिवसको अवसरमा चौरजहारीबाट  बैठक तथा प्रशिक्षण सुरु भएको थियाे । माघ ४ गते त्रिबेणिको झुलनेटामा, माघ ५ गते मुसीकोट नगरपालिकाको खलंगामा, माघ ६ गते बाँफिकोटमा, माघ ८ गते आठबीसकोटको राडीमा र आइतबार सानीभेरी गाउँपालिकामा बैठक तथा प्रशिक्षण भएको हो । 

बैठकमा केन्द्रीय सदस्य एवं जिल्ला सह-इन्चार्ज चन्द्रबहादुर बिकको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कर्णाली प्रदेश कमिटी सदस्य नारायण शाह, जिल्ला अध्यक्ष नन्दराम देवकोटा, उपाध्यक्ष मनबीर घर्ती, सचिव शसिराम पारियार, उप-सचिव रचना मल्ल, अनेमसंघकी जिल्ला अध्यक्ष तुलशा मल्ल लगायत नेता, कार्यकर्ताहरूकाे उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update