Top Navigation
शनिबार, माघ २१, २०७९ ११:०८:४२
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:०८:४२
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #साँख गाउँ
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजा
Search Here
विचार/व्लक
  • Home
  • विचार/व्लक
  • पशुपति शर्मा जेन्टल गायक, प्रकाश सपुत चतुर संगीत ब्यापारी
पशुपति शर्मा जेन्टल गायक, प्रकाश सपुत चतुर संगीत ब्यापारी
लक्ष्मण घर्ती मगर
लक्ष्मण घर्ती मगर मंगलबार, चैत ८, २०७८
माया बेकरी माया बेकरी

पीर गीतको बारे धरै चर्चा परिचर्चाहरु भए । ठुला बिश्लेषक, पत्रकार, राजनीतिकर्मी र कलाकर्मी लगायतले आफ्ना विचार पोखे । भने मुलधारका मिडीयाहरुले प्राथमिकताका साथ ति विचार र लेखहरुलाई ठाउँ दिए । सम्भवत त्यै चर्चाकै कारण उक्त गीतले हप्ता दिनमै एक करोड भ्युज पनि पाउँन सफल भयो जुन आज सम्मकै नेपाली म्युजिक भिडीयो ईतिहाँसको नयाँ रेकर्ड भनेर भनिएको छ । यसरी पीर गीतको विभिन्न कोणहरुबाट समर्थन र बिरोध अनि चर्चा भईरहँदा यस गीतका सर्जक प्रकाश सपुत यो माहौलबाट अछुत हुने त कुरै भएन । शुरुमा आफुले यथार्थ कुराको बिम्बलाई मात्र उतारेको भन्दै बरु हेर्ने र बुझ्ने श्रोताहरुको बुझाई अलि फराकिलो पार्नुपर्ने प्रतिक्रिया दिएका थिए । जुन प्रतिक्रियाले भिडीयो भित्रको अपमानित दृश्यको बिरोध गरीरहेका ठुलो पङ्तिको चेतनामाथी नै सिधा काउन्टर दिएको बुझ्न सकिन्थ्यो । अर्थात हटाउँन आवश्यक छैन बरु तपाईहरुको बुझाई हटाउँनुस् फेर्नुस् भन्ने प्रकाशको प्रतिक्रियाको भाव थियो । तर हप्तादिनपछि आएर उनले एकाएक उक्त विवादित दृश्य हटाएको घोषणा गरे र सम्पादित नयाँ भिडीयो अप्लोड गरे ।

अघिल्लो भिडीयो हटाएर सम्पादित नयाँ भिडीयो अप्लोड गरीसकेपछी हिजो बिरोध गर्ने अधिकांश कम्रेडहरुले प्रकाशले आफुहरुको दबाबको कारण भिडीयो हटाएको र आफुहरुको जीत भएको दाबि गरे । केही हद सम्म यो सत्य पनि हुन सक्छ तर सारमा बुझ्ने हो भने कम्रेडहरुको जीत होईन बरु पटक पटक चतुर प्रकाशले जीतिरहेको म देखिरहेछु । प्रकाशले पटक पटक जनयुद्ध र माओबादी विचारधाराका मानिसहरुको जीबन कथा र भावनालाई डलर झार्ने खेलोको रुपमा प्रयोग गर्न सफल भएका छन् । यसकारण यो कम्रेडहरुको जीत नभई प्रकाश सपुतको व्यापारीक जीत हो । यदि कम्रेडहरुको बिरोध र दबाबलाई सम्मान गर्ने निस्वार्थ क्षमता प्रकाशमा हुन्थ्यो भने एकदुईदिन भित्रै भिडियो सम्पादन गरी रिअप्लोड किन गर्न नसकेका ? जतिबेला बिरोधको ओईरो थियो ।

देश लुट्नेहरुको नाममा पशुपति शर्माले लुट्न सके लुट भन्ने गीति ल्याउँदा एमाले पङ्तिले त्यो देश लुटुवाहरु आफुहरु रहेको प्रमाणित गर्दै धाराप्रवाह चेतावनी दिँदा उतिखेरै तुरुन्त भिडीयो हटाएका हैनन् ? तर प्रकाश सपुतले किन उतिखेरै तुरुन्त हटाएनन् ?  किन बिरोध गर्ने माओबादी समर्थकहरु करीब करीब सेलाउँदै गएको समयमा आएर भिडीयो हटाए ?  यसको कारण सजिलो छ पशुपति शर्मा भन्दा प्रकाश सपुत एक चतुर संगीत ब्यापारी हुन् । उनले कस्लाई कसरी टच गर्दा डलर बर्षिन्छ भन्ने कुरा राम्ररी बुझेका छन् ।

मेरो बुझाईमा उनलाई राम्ररी थाहा थियो कि माओबादी पृष्ठभूमिका पिडीत तप्काहरुको पिडालाई साधारण र स्वभाविक दृश्य मार्फत मात्रै देखाउँदा संगीत ब्यापार फस्टाउँनेवाला छैन । किन की बाठो प्रकाशलाई थाहा छ यो देशमा यस्ता दुखका कयौँ गीति भिडीयोहरु बने । तर ति गीति भिडीयो बनाउँने थुप्रै सर्जकहरु आज पर्यन्त फाटेको जुत्ता र चप्पल लगाएर शहरका गल्लिहरुमा भौतारीरहेका छन् । उपचार खर्च समेत जुटाउँने आर्थिक हैसियत उनिहरुको छैन । त्यसबाट सचेत रहेका प्रकाशले नियोजीत रुपमै नेपालको राजनीतिक वृत्त चित्रमा झटारो लाग्ने गरी केही सेकेण्डको भएपनि अस्वभाविक र उत्तेजित दृश्यले हिर्काईदिएका हुन् । यसो गर्दा एउटा तप्का उत्तेजित भएर आउँने छ भने अर्को तप्का ताली पिट्दै आउँने छ र अन्तत यिनिहरुको होडबाजी र होहल्लाले सर्जकलाई हजारौँ डलरको इनाम मिल्ने परीकल्पनामा प्रकाश सपुत ढुक्क थिए ।

एकजना युट्युब च्यानल चलाईरहेका साथीको अनुभव अनुसार मनिटाईज भईसकेको युट्युब च्यानलको कमाई भनेको १ हजार भ्युज बराबर कम्तिमा करिब २ डलर हो । ठ्याक्कै हिसाब त सम्बन्धित मानिसलाई थाहा हुने कुरा भईनै हाल्यो । तैपनि हप्ता दिनमा एक करोड भ्युज पाएपछी बल्ल भिडीयो हटाएका प्रकाशले २ डलरको दरमा पनि १ करोड भ्युजको मोटामोटी २० हजार डलर कमाई गरीसकेको बुझ्न सकिन्छ । त्यो भनेको नेपाली करीब २४ लाख रुपैया हो । उनले माओबादीका पीर बेचेर र भावनामा खेलेर हप्ता दिनमै कम्तिमा २४/२५ लाखको ब्यापार गरे । जब स्वार्थ पुरा गरे, तब अर्को स्वार्थको खातिर भिडीयो हटाएर माओबादीको बिरोध र भावनालाई पनि कदर गरेको जस्तो देखाए । तर कम्रेडहरु आफुले जीतेको फिलिङ्समा बगीरहेका छन । वास्तवमा कम्रेडहरुको जीत होईन चतुर प्रकाशको जीत हो । प्रकाशले एक धनुषबाट दुईवटा तीर प्रहार गरेका छन् । पहिले कस्तो खालको आपत्तिजनक रहेछ त ?  भनेर सबैले हेरेका थिए । भने अब फेरी के के हटाएको रहेछ त ? भनेर सबैले हेर्ने भए । यसले प्रष्ट पार्छ कि पशुपति शर्मा एक जेन्टल गायक हुन् भने प्रकाश सपुत एक चतुर संगीत ब्यापारी ! यद्धपी उनले नियोजित - सुनियोजित, स्वार्थ - निस्वार्थ जे सुकै नियतले हटाए पनि त्यो विवादित भनिएको दृश्य हटाउँनु राम्रो पक्ष हो ।

अब पशुपति शर्मा र प्रकाश सपुतको गीति भिडीयोहरुको भिन्नता बारे थोरै छफलफल गरौँ । शाब्दिक रचनाको हिसाबले 'लुट्न सके लुट' र 'पीर' यि दुबै सृजनाको मुक्तकण्ठले सम्मान गर्नु पर्छ भन्ने मेरो मान्यता हो । किन की लुट्न सके लुट ले करोडौँ अरबौँको हिसाबमा देश लुट्ने दलालहरु र भ्रष्टाचारीहरुको कर्तुतलाई उजागर गर्ने काम गरेको थियो भने पीरले देश परीवर्तनको लागी बर्षौँ सम्म सर्वोश्व त्यागेर हिडेका वीरहरुले आज पाईरहेको पीरको उजागर गरेको छ । भलै माओबादी नेता भईसकेका र केही स्थापित भई सुकिला मुखिला भई हिडेकाहरुलाई यो नपच्न सक्छ । तर पीरले उजागर गरेको पीर (भाव) सत्य नै हो यो स्विकार्नु पर्छ र त्यसको विकल्पहरु खोजिनु पर्छ । तर लुट्न सके लुटले शब्द संगीत अनुसारकै स्वभाविक भिडीयो दृश्य कैद गरेको थियो भने पीरले शब्द संगीत भन्दा पर पुगेर अस्वभाविक दुश्य कैद गर्यो । महिला र पुरुष दुबै पुर्व जनमुक्तिसेनाहरुको आत्मसम्मानमा चोट पुर्याउँने शन्देस प्रवाह गर्यो । उनिहरु मध्य पुरुष जनमुक्तिसेनाहरु पीर बिसाउँन यौनकर्मी महिलाहरुकोमा पुग्ने गरेको र महिला जनमुक्तिसेनाहरु पीर बिसाउन आउँनेहरुको बिसौना भई बाँचेको अर्थात शरीर बेचेर बाँचेको जस्ता अस्वभाविक र घटिया दृश्यहरु प्रदर्शित गरीयो ।

सोँच्दा पनि बडो हाँसो लाग्ने अनि रिष पनि उठ्ने कुरा के छ भने, अभावकै कारण श्रीमती विदेश हिडेर उतै वेपत्ता भएका बेला 'पीर बिसाउँने ठाउँ पाईनँ कता जाम के गरम्' भन्दै श्रीमान (भुपु लडाकु)ले यौन व्यापारी महिलाको कोठा चहार्दै हिडेको देखाईएको छ । म कन्फ्युज् भएको थिएँ प्रकाशले उजागर गर्न खोजेको पीर कस्तो खाले पीर हो ? भनेर ! देशको पीर, जिन्दगीको अभाव र अधिकारको पीर वा मनमुटुबाटै माया गरीने जीबनसाथीको विछोडको पीर हो भने पीर बिसाउँने भन्दै एक यौनकर्मीको डेरामा के खोज्न गएको ?  त्यसकारण प्रकाशले प्रकाश पार्न खोजेको पीर केवल यौनतृष्णाको पीर हो भनेर बुझ्न किन नपाउँने ?  हैन भने एक यौनव्यापारी महिलाको कोठामा पुगेर पाँच सय रुपैयामा बिसाईने पीर कुन चैँ पीर हुन्छ ? त्यो त अवश्यम्भावी सेक्स अभावकै पीर हैन र ? अनि यो खाले वाहियात दृश्यको बिरोध नभएर कस्को हुन्छ ? हो लुट्न सके लुट र पीरमा नमिलेको ठुलो भिन्नता यही हो ।

अन्तिममा पार्टीगत विचारको चस्मा लगाएर र पुर्वाग्रही चोँचमा बोल्नेहरुको बारे थोरै चर्चा ! कतिपयले भन्ने गरे कि यथार्थमै पनि यस्तो व्यवसायमा लागेका केही भुपु लडाकुहरु छन्, यो दृश्य स्वभाविक छ । हो केही लागेका हुन सक्छन् ! कोही पनि लागेकै छैनन् भनेर ठोकुवा दिन मिल्ने स्थिति छैन । तर एकाधहरुको कामलाई सिङ्गो पार्टी, सिङ्गो संगठन र मोर्चामाथी प्रहार हुने गरी प्रचार गर्ने छुट कसैलाई छ ?  त्यसो त हिजो पशुपति शर्माले देशको समग्र दलाल र भ्रष्टेहरुको यथार्थलाई उजागर गरेका हैनन् र ? उनले कुनै पार्टी बिशेषको वा संगठनको नाम कहाँ लिएका थिए त ?  तर चोरको खुट्टा काट भन्दा एमालेले पहिलै खुट्टा उचालेर चिच्याएको होईन ? अहिले प्रकाश सपुतले त सिधै माओबादी जनयुद्ध र जनमुक्ति सेनाहरुको तोकेरै धज्जी उदाएका थिए । महिला र पुरुष दुबैको मानहानि हुने गरी भिडीयो दृश्य देखाएका थिए । अनि त्यसको बिरोध गर्दा बेकार र अस्वभाविक हुने ?  यो कस्तो खालको बुझाई ?

मुसिकाेट नगरपालिका

के एमाले वा कांग्रेस संवद्ध कुनै महिला संगठन सदस्यहरु वा समर्थकहरु यौन धन्दामा लागेर बाँचिरहेको शन्देस् दिने भिडीयो आएको खण्डमा ति पार्टी र तिनका समर्थकहरु चुप लागेर बस्न सक्थे ? माओबादीको भन्दा चार गुणाबढि जात्रा देखाउँने वाला छौ यो पक्का हो । के तिम्रा पार्टी सदस्य लिएका वा समर्थक कोही पनि त्यस्तो कार्यमा छैनन् भनेर ठोकुवा दिन सक्छौ ? अनि यो पीरको दृश्य स्वभाविक छ स्वभाविक छ भन्दै हिड्न कसरी सकेको ? पशुपति शर्मा चैँ गलत, अकलाकार, अपराधी जस्तो ठहरीने तथानाम धम्की दिएर गीत बन्द गर्न लगाउँने ! अनि भुपु जनमुक्तिसेनाहरु पिर बिसाउँन यौनकर्मीहरुकोमा पुग्ने गरेका छन् र भुपु सेनानीहरु फेरी त्यो यौनकर्मी भएर बसेका छन् भन्ने शन्देस दिने जस्तो कथित गीति भिडीयो प्रदर्शन गर्ने प्रकाश सपुत चैँ महान सर्जक साबित हुने ? यसले के प्रष्ट पार्छ भने ति अनाहकमा ताली पिट्नेहरु सँग हरेक सवालमा राजनीतिक पुर्वाग्रही र प्रतिशोध भन्दा माथी उठेर वर्गबिशेष र मानवबिशेषको विचार दृष्टिले हेर्ने र चल्ने चेतना शुन्य स्तरको रहेछ भन्ने कुरा प्रष्ट पारीदिएको छ ।
 


प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १२:५८
चाैरजहारी चाैरजहारी
#विचार/व्लक
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्