Top Navigation
शनिबार, माघ २१, २०७९ १२:०२:३१
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ १२:०२:३१
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #साँख गाउँ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
विचार/व्लक
  • Home
  • विचार/व्लक
  •  आचारसंहिताको कसीमा स्थानीय तह निर्वाचन  
 आचारसंहिताको कसीमा स्थानीय तह निर्वाचन  
एस.पी. ढकाल
एस.पी. ढकाल सोमबार, वैशाख १९, २०७९
माया बेकरी माया बेकरी

सही, शुद्ध र पाच्य आचारणको लिपिवद्ध दस्तावेज आचारसंहिता हो । विषय, क्षेत्र र आवश्यकताअनुसार आचरणको स्वरुप र प्रकृति फरक हुन्छ । अनुशासन, सम्भ, मान्य र समानता कायम गर्ने कसीका रूपमा समेत आचारसंहितालाई लिन सकिन्छ । गलत प्रवृत्ति अवलम्बन गर्नेलाई आचारसंहिताले निरुत्साहित पनि गर्छ । आचारसंहिता निर्वाचनका सन्दर्भमा पनि लागू हुन्छ । निर्वाचनमा के गर्न मिल्छ के गर्न मिल्दैन भन्ने कुरा पनि बुझ्न जरुरी छ । २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाल सरकारले निर्वाचन आचारसंहिता, २०७८ जारी  गरेको छ ।

निर्वाचन आचारसंहिता किन ?  
आचारसंहिता नैतिक विषयवस्तु समेटिएको एक दस्तावेज हो । यसले नैतिक रूपमा जिम्मेवार बनाउछ । अनैतिक  र अभद्र व्यवहारलाई  निरुत्साहित गर्छ । समानता र न्यायको अनुभूति दिलाउँछ । विवेकशीलताको प्रवर्धन गर्छ । तुच्छ, निच र घृणित व्यवहारलाई दण्डित गर्छ ।  

निष्पक्षता, तठस्थता, पारदर्शिता र जवाफदेहिता निर्वाचनका मुख्य सिद्धान्तहरू हुन् । यी सिद्धान्तहरूलाई आत्मसाथ गर्न आचारसंहिताले कानुनी र नैतिक बन्धन कायम गर्छ । भडकिलो र अमर्यादित हुनबाट निर्वाचन आचारसंहिताले रोक्छ । विभिन्न प्रभाव र दबावबाट मतदातालाई मुक्त बनाउनु निर्वाचन आचारसंहिताको मुख्य कार्य हो । मतदाताको स्वविवेक अपहरण  हुनबाट जोगाउने रक्षा कवचको काम समेत यसले गर्छ ।  निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिता आवश्यक छ । 

आचारसंहिताको कार्यान्वयनले निर्वाचन निष्पक्ष हुन्छ । त्यसैगरी लोकतान्त्रिक शासन व्यवस्था सुदृढ पनि ।  गोप्य मतदानबाट मतदाताको इच्छा अभिव्यक्त हुन्छ । यसले  स्वतन्त्र अभिव्यक्तिको रक्षा गर्न मद्दत गर्छ । स्वच्छ, स्वतन्त्र,  समान मताधिकार, गोप्य मतदान, पारदर्शी मतगणना तथा निर्वाचन परिणाम घोषणा लगायतका कार्यका लागि निर्वाचन आचारसंहिताको भूमिका अहम्  छ । 

निर्वाचन आचारसंहितामा के छ ?
स्थानीय तहको दोस्रो निर्वाचन वैशाख ३० गते हुदैछ । राजनीतिक दलका चुनाव लक्षित कार्यक्रमहरू तीव्र बनेका छन् । निर्वाचन आयोग अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावलीसहित चुनाव चिन्ह प्रदान भइसकेको छ । नेता कार्यकर्ताहरूलाई जनताको मन जित्न भ्याइ नभ्याइ छ । व्यस्तता बढेको छ । जसरी पनि मत परिणाम आफ्नो पक्षमा पार्ने कसरत चलेको छ । कृषकहरूलाई धान रोपाइको चटारो जस्तै राजनीति गर्नेहरूका लागि निर्वाचनको चटारो छ । कहिल्यै मतदाताको गाउँ र आँगन नपुगेकाहरू पनि घरघर पुग्न थालेका छन् । यसअघि कुनै वास्ता नगर्नेहरू पनि हात जोड्दै नमस्कार  भन्न  थालेका छन् ।  उम्मेदवारहरूका ओठमुख सुख्खा भएका छन् । यसले भोटको महत्त्व र जनताको तागतको पुष्टि गरेको छ । 

मतदाताको अमूल्य भोट अपवित्र सौदाबाजीमा प्रयोग हुनुहुदैन । निर्वाचन  निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न हुनुपर्छ । त्यसका लागि नेपाल सरकारले निर्वाचन आचारसंहिता, २०७८ जारी गरेको छ । २०७८ चैत्र २५ गतेदेखि स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको छ । ६८ पृष्ठको निर्वाचन आचारसंहितामा निर्वाचनका क्रममा गर्न मिल्ने  र नमिल्ने कार्यहरू छन् ।  नौं परिच्छेद रहेको आचारसंहितामा ५ वटा अनुसूचीसमेत छन् ।

निर्वाचन भयरहित, स्वच्छ र मर्यादित हुन एक्लो प्रयासबाट मात्रै सम्भव छैन । सबै पक्ष जिम्मेवार र प्रतिवद्ध हुन जरुरी छ । आचारसंहिताको परिच्छेद २ मा सबैले पालना गर्नुपर्ने आचरणहरू उल्लेख गरिएको छ । जसमा विद्यालयमा निर्वाचन भेला नगर्न नहुनेदेखि मतदाता र निर्वाचनमा खटिएका कर्मचारीसँग वादविवाद गर्न नहुनेसम्मका २० वटा बुँदा उल्लेख गरिएको छ । 

परिच्छेद ३ मा पदाधिकारी, कर्मचारी तथा निकायले पालना गर्नुपर्ने आचरणहरू रहेका छन् । जसमा सङ्घ, प्रदेश र स्थानीय तहका पदाधिकारीले पालना गर्नुपर्ने आचरणदेखि गैरसरकार सङ्घसंस्थाका आचरण छन् ।  निर्वाचनमा राजनीतिक दल र तिनका   भातृसङ्गठनहरूले निर्वाचनमा जे पनि गर्न पाउने छुट छैन । परिच्छेद ४ मा राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले पालना गर्नुपर्ने आचरणहरू रहेका छन् । जसमा जुलुस, आमसभा, कोणसभा बैठक एवम् भेला गर्दा पालना गर्नुपर्ने आचरण उल्लेख छ । त्यसैगरी सवारी साधन र सञ्चार माध्यम प्रयोग,  निर्वाचन खर्च, मौन अवधिमा पालना  र मतदानको दिन पालना गर्नुपर्ने आचारण पनि रहेका छन् । 

मुसिकाेट नगरपालिका

मतदाता र मतदान तथा मतगणना प्रतिनिधिले पनि आचारसंहिता पालना गर्नुपर्छ । त्यसका लागि परिच्छेद ५ मा पालना गर्नुपर्ने आचरणहरू रहेका छन् ।  परिच्छेद - ६ मा पर्यवेक्षण संस्था तथा पर्यवेक्षणले पालना गर्नुपर्ने आचरण रहेका छन् । परिच्छेद ७ मा सञ्चार प्रतिष्ठान, सम्वद्ध कर्मचारी तथा पत्रकारको आचारसंहिता रहेको छ । परिच्छेद ८ मा निर्वाचन आचारसंहिता अनुगमन समिति सम्बन्धी व्यवस्था छ । परिच्छेद ९ मा विविध अन्तर्गत बहाल कर्मचारी उम्मेदवार बन्न चाहे राजीनामा दिनुपर्ने, आचारसंहिता उलङ्घनको उजुरी, उल्लङ्घनकर्ताको नाम सार्वजनिक लगायतका व्यवस्था रहेका छन् । 

आचारसंहिता उल्लङ्घनको उजुरी  र सजाय 
आचारसंहिता पालना भए नभएको सम्बन्धमा आयोगले आवश्यक संयन्त्रको व्यवस्था गर्नसक्ने निर्वाचन ऐन, २०७३ मा उल्लेख छ । सोही आधारमा निर्वाचन आचारसंहिता, २०७८ मा केन्द्रीय, जिल्ला र स्थानीय तहमा आचारसंहिता अनुगमन समिति रहने व्यवस्था छ । आचारसंहिता उलङ्घन गरेको पाइएमा उजुरी दिन सकिन्छ । मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन सकिने प्रावधान छ । निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिन्छ । त्यसैगरी निर्वाचन कार्यालय वा आचारसंहिता अनुगमन समिति समक्ष  पनि । उजुरीका क्रममा भने आधार, कारण र प्रमाण पेस हुनुपर्ने उल्लेख छ  । 

आचारसंहिता उलङ्घन भएको पाइएमा आयोगले आदेश दिनसक्छ । आदेशबमोजिम काम कारबाही नरोक्नेलाई जरिवाना हुनसक्छ । निर्वाचन आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने आधार निर्वाचन ऐनको दफा २३ ले प्रदान गरेको छ । आचारसंहिता उल्लङ्घनका कारण उम्मेदवारको उम्मेदवारी समेत रद्द हुनसक्छ ।  निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने भएमा आयोगले उम्मेदवारीसमेत रद्द  गर्नसक्छ । 

समस्याहरू 

निर्वाचन आरासंहिताको अक्षरस कार्यान्वयन गर्न निकै जटिल छ । तोकेभन्दा बढी गर्न पाए मात्रै ठूलो बनिने दम्भ र आडम्बरको प्रवृत्ति छ । दादागिरी गरेर ठिक पार्न सकिन्छ भन्ने मनोवृत्ति छ । आफ्नो आङ्को भैसी नदेख्ने अर्काको आङ्को जुम्रालाई हात्ती भन्दै कुर्लने प्रवृत्ति रहेको छ । आचारसंहिता लागू हुने व्यक्ति निकायहरू पूर्ण रूपमा जिम्मेवार बन्न सकेका छैनन् ।

कर्मचारी, प्राध्यापक र शिक्षकहरूले समेत उम्मेदवारको पक्ष वा विपक्षमा सवारी साधन प्रयोग पूर्णरूपमा हटन सकेको छैन । विद्यालय भवनहरू सभाका लागि प्रयोग हुन छोडेको छैन । सामाजिक सञ्जालमा पक्ष वा विपक्षमा प्रचारप्रसारको क्रम रोकिएको छैन । 

जुलुस, आमसभामा उछृङ्खल प्रवृत्ति रहेको छ । जुलुस, सभा, भेला गर्नुअघि ७२ घण्टा अघि स्थानीय प्रशासनलाई जानकारी गराउनुपर्नेमा त्यसो हुन सकेको छैन । प्रचारप्रसार गर्ने व्यक्तिले निर्वाचन चिन्ह  वा झण्डा अङ्कित लोगोको दुरुपयोग हुने गरेको छ । गाडी र बाइकहरूमा निर्वाचन चिन्ह अङ्कित झण्डा हल्लाउदै हिड्ने गरेको पाइन्छ । 

१८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई प्रचारप्रसारमा प्रयोग रोकिएको छैन । रेडियोमा उम्मेदवारको प्रचारप्रसार एक मिनेटभन्दा बढी हुनुहुदैन । त्यसैगरी पत्रिकामा ७ इन्च X ७ इन्च आकारभन्दा बढी । तर सोको पूर्ण कार्यान्वयन हुन सकेको छैन ।  मतदाता प्रभावित गर्न छुकिछिपी नगदी तथा जिन्सी प्रलोभनको विकृति पनि समस्याका रूपमा छ । युवा क्याम्पिङ गर्ने, भोजभतेर लगायतका कार्यहरूमा उम्मेदवारहरू उत्प्रेरित हुदा आचारसंहिता उल्लङ्घनको गुञ्जायस भएको पाइन्छ । स्वच्छ निर्वाचनमा प्रश्न चिन्ह खडा भएको प्रतीत हुन्छ । 

अन्त्यमा,
निर्वाचन शान्त, धाँदलीरहित र व्यवस्थित तवरले सम्पन्न हुनुपर्छ । लोकतन्त्रमा जनताको शासन जनतामार्फत् हुन्छ । त्यसका लागि जनताले आफ्ना प्रतिनिधि आफै छानेर पठाउँछन् । आवधिक अनि निष्पक्ष निर्वाचन सबैको अपेक्षा हो । शक्ति, सत्ता र पैसाको आडमा निर्वाचन परिमाणको पल्लाभारी हुन हुदैन । यो वा त्यो बहानामा नागरिकको मताधिकारको अवमूल्यन हुने हर्कत गर्नु लोकतन्त्रको अवमूल्यन हो । निरंकुशताको पराकाष्ठा हो ।  निर्वाचन शान्त, स्वच्छ र धाँदलीरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्व्यन गर्न सबै जिम्मेवार बनौं । सभ्य नागरिक र राजनीतिक संस्कारको अवलम्बन गरौं । चेतना भया ! 
 


प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  २०:३६
चाैरजहारी चाैरजहारी
#विचार/व्लक
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्