Top Navigation
शनिबार, माघ २१, २०७९ १२:३५:५७
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ १२:३५:५७
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #साँख गाउँ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
विचार/व्लक
  • Home
  • विचार/व्लक
  • तेजबहादुर ओलीलाई खुला प्रश्न
तेजबहादुर ओलीलाई खुला प्रश्न
कखरा संवाददाता
कखरा संवाददाता शुक्रबार, कात्तिक २५, २०७९
माया बेकरी माया बेकरी

प्रिय कमरेड तेजबहादुर ओली ज्यु,
खासमा म तपाईंलाई केवल प्रतिक नामले मात्रै सम्बोधन गर्न चाहन्थें । तर आन्दोलनले जन्माएका योद्धाहरु अहिले सिर्फ नाम मात्रैका कमरेडहरु भएकाले ‘जनयुद्ध र जनआन्दोलन’बाट स्थापित नामहरुलाई यहाँ जोडिहाल्ने हिम्मत आएन । यसैले म तपाईंलाई केवल तेजबहादुर ओलीको नामले सम्बोधन गरिरहेको छु ।

खासमा म तपाइँसंग माक्र्सवादका बिषयमा गफ गर्न चाहन्थें । कम्युनिस्ट घोषणापत्रका खेस्राखेस्रा केलाउन चाहन्थें । माक्र्सवादको राजनीतिक अर्थशास्त्र, द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादका बिषयमा भलाकुसारी गर्न चाहन्थें ।

पुँजीवादको उच्चतम बिन्दुमा पुगेको एउटा समृद्ध देशमा श्रमको अनुभव बटुलेकाले मैले श्रम शोषण भोगेको छु । त्यसबाट मैले माक्र्सको अतिरिक्त मुल्यको सिद्धान्तसंग साक्षात्कार हुने मौका पनि पाएको छु । ती कथा, ब्यथाहरुबाट आक्रान्त परेका नौ जवान युवाहरुलाई आफ्नै मातृभूमीमा केही गर्न र उनिहरुको परिचालनबाट समाजवादी मोडलको अर्थतन्त्र कसरी निर्माण गर्न सकिन्छ भनेर कमसेकम रुकुमको बिषयमा तपाईंसंग गफ गर्न चाहन्थें । म किन तपाईंसंग त्यो आशा राखेको हो भने तपाईं मेरो पनि प्रतिनिधि हुनुहुन्छ । कमसेकम रुकुम जिल्लालाई सुन्दर र समृद्ध रुकुम बनाउने कुरामा हामी एक ठाउँमा आउनुपर्छ भन्ने मेरो मान्यता थियो तर तपाईको एकाधिकारवादी सोच र दक्षिणपन्थी ब्यबहारले त्यो मेरो आशामा तुषारापात लागेको छ ।

त्यसैले सैद्धान्तिक बिषयभन्दा पर रहेर मैले तपाईंलाई सोध्ने भनेर केही प्रश्नहरु तयार पारेको छु । विद्युतीय माध्यमबाट तपाईं समक्ष प्रस्तुत गर्न चाहन्छु ।

१.कमरेड प्रतिक तपाईं फेरि आउँदै हुनुहुन्छ भन्ने कुरा सुनेको छु । १२ बर्षमा खोला फर्किन्छ भन्छन । कमसेकम तपाईं त पाँच बर्षमा एकपटक आउनुहुन्छ । पाँच बर्ष बितेछ क्यारे, त्यसैले त तपाईं आउने हल्ला चल्दैछ । गएको चुनाव प्रचारका क्रममा अब आउदो चुनाव प्रचारमा आउँदा सरर गाडि चढेर आउछु भन्नू भएको थियो । तर सडक त बनेन नि ! के मा आउनुहुन्छ ? घोडामा कि खच्चडमा ? त्यो घम्रोको नाकै ठोक्किने उकालोमा कसरी उक्लिनु होला ? लौरो टेक्दै ?

२. तपाइँले फेरि टिकट पाउनु भएछ । क्या भाग्यमानी है ? बधाई छ । तर Once more त तब भनिन्छ जब प्रस्तुति हेर्न लायकको हुन्छ । तपाईंले के गर्नु भो र जसको लागि हामी तपाईको लागि वान्स मोर भनौं ? हामी वान्स मोर नभन्दै आफै किन आएको ? तलव भत्ता पचाउन हो कि ?

३. कहिले बुढीको पालो कहिले बुढाको पालो, कहिले प्रतिनिधि सभाको सदस्य, कहिले प्रदेश सांसद । पुरै फेरिफेरी है ? के तपाइँ बुढाबुढी बाहेक जनयुद्धमा रुकुम पूर्वमा अरु कसैको योगदान थिएन ?

४. तपाईंलाई मैले सोध्ने एउटा महत्वपूर्ण प्रश्न सदरमुकामको बिषयमा छ । सदरमुकाम गोलखाडा बनाउने तत्कालिन सरकारको निर्णयमा तपाईंको के धारणा छ ? तपाइँ हाम्रो प्रतिनिधि होइन ? अनि किन चुइक्क नबोल्नु भएको ? कतै जनमत गुम्ने त्रासले भित्रभित्रै सताएको त होइन ? सुनिन्छ, यो सबै तपाईंहरुको जालझेल भित्र जेलिएको छ । तपाईंहरुकै कारणले ढिलासुस्ती भएको छ । जिल्ला सदरमुकाम विवाद आधा दशक बितिसक्यो । फैसला सरेको सर्यैै छ । यति ढिलासुस्ती किन ? के हामीले अपेक्षा गरेको न्यायालय यही थियो ? यस्तै अवस्थाको लागि जनयुद्ध लडिएको थियो ?

मुसिकाेट नगरपालिका

५. त्यत्रो ठूलो पालिकालाई भोट बैंक मात्रै बनाउन कति सकेको ? हिजो जनयुद्धमा सवैलाइ हुकाम, मैकोट चाहिने अहिले त्यहाँका नेता कार्यकर्तालाई भोट बैंक मात्रै बनाउने ?

६. जनसमुदायले तपाईंलाई देखाएको कालो ब्यानरमा ‘घुसखोरी र कमिसनखोरी’ भनेर लेखिएको छ । के तपाईं साच्चिकै घुसखोरी वा कमिशनखोरी नै हो त ? यस बिषयमा तपाईं लाइभ डिबेट गर्नसक्नु हुन्छ ?

अन्तिममाः
पश्चिमले पूर्वलाई हेपेको इतिहास पुरानै हो । हेपेरै धुर्बबिक्रम शाहले हामीलाई भेडा बनाए । तपाईंको हेपाहा प्रवृत्ति पनि धुर्बको भन्दा कम छैन । जब भेडाहरु मान्छे भए भने तपाईको हालत पनि धुर्बबिक्रमको जस्तै हुनेछ । यो तपाईंलाई अन्तिममा मेरो सुझाब छ । किनभने हामी मान्छे हुने प्रक्रियामा छौं । हामी Yes बल मात्रै होइन, आबस्यकता परे Reject गर्नसक्ने ल्याकत पनि राख्दैछौं ।

मेरो शब्दहरु तपाईंलाई असभ्य लाग्न सक्छ । यो असभ्य मात्रै होइन, जनआक्रोश पनि हो, आक्रोश मात्रै पनि होइन, जनभावना पनि हो भनेर तपाईंले यदि बुझिदिनु भो भने भलाइ तपाइंकै हुनेछ ।

हस्त धन्यवाद ।

पृथीछक बुढा मगर
नेपाली जनप्रगतिशिल मञ्च
पश्चिम एसिया क्षेत्रीय समिती सदस्य ।
 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  ०६:००
चाैरजहारी चाैरजहारी
#खुला प्रश्न
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्