२०५२ साल फागुण १ गते ‘जनयुद्ध’ शुरु गर्दा नेपालमा प्रधानमन्त्री शेरवहादुर देउवा थिए । जनयुद्ध शुरु गर्नु पहिले डा. बाबुराम भटराईले ४० सूत्रीय माग राख्दै राज्यको पुन संरचना सहित आमरुपमा रहेको शोषण, उत्पीडन, दमनको अन्त्य गर्दै गणतन्त्र नेपालको स्थापना गर्नेसम्मका मागहरु राख्दै, मागहरु सम्बोधन नभए नेकपा माओवादी पार्टी जनयुद्धमा होमिने जानकारी गराएको थियो । तत्कालिन समयमा संसद र सत्तामा रहेका पार्टिहरु खासमा काँग्रेस र एमालेलाई माओवादीले राखेका मागहरु असान्दर्भिक र असम्भव जस्तै लाग्यो । देशवाट राजा हटाउनु र गणतन्त्रको स्थापना गर्नु वा हिन्दु राज्यलाई धर्म निरपेक्ष राज्य बनाउनु कल्पना भन्दा बाहिरको कुरा जस्तो भयो । यिनै बुझाइका कारण देशमा १० वर्षे ‘जनयुद्ध’ भयो । ‘जनयुद्ध’को जगमा जनआन्दोलन र मधेश आन्दोलनहरु भए । ‘जनयुद्ध’ र ‘जनआन्दोलन’को बलवाट नेपालमा गणतन्त्र स्थापना भयो । गणतन्त्र स्थापना पछिको प्रथम राष्ट्रपति नेपाली काँग्रेसको र दोस्रो राष्ट्रपति नेकपा एमालेको तथा तेस्रो राष्ट्रपति नेपाल कम्युनिष्ट पार्टिको भयो । अन्तत् गणतन्त्रले कांग्रेस एमालेलाई नै फाइदा भयो । त्यसपछि काँग्रेस एमालेमा गणतन्त्र हामै्र लागि रहेछ भन्ने ज्ञान भयो र अन्तरिम संविधानहरु परिमार्जन गर्दै देशमा २०७२ को संविधान जारी भयो । नेपालको संविधान २०७२ मा गणतन्त्र नेपाल, संघीयता सहितको शासन व्यवस्था, धर्म निरपेक्ष राष्ट्र, समानुपातिक सहभागीतामुलक शासन व्यवस्था, राज्यको पुनर्संरचना सहित आरक्षणपूर्ण संविधान जारी भयो ।
‘जनयुद्ध’को महासंग्राममा हालका प्रधानमन्त्री शेरवहादुर देउवाले नेकपा माओवादीको सर्वनास गर्न वा प्रचण्डको टाउकोको मूल्य तोकेर प्रचण्डलाई सिध्याउन भएका प्रयन्न भनौं वा प्रचण्डले काँग्रेस निकट नेता कार्यकर्ताहरुलाई सफाय गर्ने सम्मका कार्यहरु नभएको होइन ।
यि सवै घटनालाई केलाउने हो भने ‘जनयुद्ध’को महासंग्राममा हालका प्रधानमन्त्री शेरवहादुर देउवाले नेकपा माओवादीको सर्वनास गर्न वा प्रचण्डको टाउकोको मूल्य तोकेर प्रचण्डलाई सिध्याउन भएका प्रयन्न भनौं वा प्रचण्डले काँग्रेस निकट नेता कार्यकर्ताहरुलाई सफाय गर्ने सम्मका कार्यहरु नभएको होइन । यि सवै घटनाको मुख्य जड राजतन्त्र थियो र राजा हटाएर गणतन्त्र स्थापना गर्ने कुरा काँग्रेसलाई असम्भव लाग्थ्यो भने माओवादीलाई गणतन्त्र स्थापना नगरी नहुने थियो । गणतन्त्र स्थापना गर्ने कुराको विरोधी कांग्रेस वा एमाले कोही थिएनन् तर उनिहरुलाई असम्भव जस्तो लाग्थ्यो यसका बावजुत माओवादी विरुद्ध सिआडी, सुराकी गर्ने, माओवादी कार्यकर्ताको निर्मम हत्या गर्ने, सेना परिचालन गर्ने, किलो सेरा टु जस्तो निर्मम अप्रेसन संचालन गर्ने जस्ता कार्य भएका हुन । यसकै प्रतिकार कारबाही स्वरुप माओवादीले पनि माओवादी ‘जनयुद्ध’ विरुद्ध लाग्नेहरुलाई कारबाही गर्ने गरेको कुरा सत्य नै हो । समग्रमा माओवादी जनयुद्ध कांग्रेस, एमाले, सेना, प्रहरी वा अरु कसैको विरुद्धमा नभएर एकात्मक सामन्ति राज्य व्यवस्था र राजसंस्थाका विरुद्धमा थियो । यो व्यवस्था रहेसम्म नेपालमा अन्य कुनै खालका परिवर्तन र सामाजिक न्याय तथा रुपान्तरणको सम्भावना थिएन । माओवादी ‘जनयुद्ध’को मर्म बमोजिम २०७२ को संविधान लेखियो । २०७२ को संविधानको मर्म बमोजिम कांग्रेस पनि अगाडी बढि सक्यो । त्यसैले विगतमा भएका घटनाहरुलाई अव तुकका रुपमा लिएर फाइदा छैन । माथि सर्वोच्च नेताहरु राष्ट्र निर्माण गर्ने अभियान भन्दै एउटै थालीमा भात खान लागि सके । तलका जनता र कार्यकर्ताहरु भने यो मान्दैन त्यो मान्दैन भन्दै उखरमौलो गर्ने सिवाय केही छैन ।
रुकुम पश्चिममा गठबन्धनमा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव, पूर्व शान्ति, उर्जा, गृह मन्त्री एवं बर्तमान अर्थमन्त्री प्रभावशाली नेता जर्नादन शर्मा ‘प्रभाकर’ संघीय प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् भने माओवादी केन्द्रकै पोलिटव्युरो सदस्य राजकुमार शर्मा ‘आर्ट’ र केन्द्रीय सदस्य महेन्द्र के.सी. ‘पारसमणी’ प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन् ।
अहिलेको मुद्धा भनेको स्थायी शान्ति, समृद्धि र विकास नै हो । धेरै दुःख गरेर प्राप्त भएको व्यवस्थाको रक्षा गर्ने, यसै व्यवस्थालाई संस्थागत रुपमा विकास गर्ने र यसै व्यवस्थावाट विकास र समृद्धि खोजी, पुनर्उत्थानवादी, प्रतिगमनकारीहरुका विरुद्ध एकजुट भएर लाग्ने नै अहिलेको आवश्यकता हो । यही आवश्यकताको महशुस गरि नेपालमा पाँच दलिय गठबन्धन बनेको छ । राजनीतिमा स्थायी शत्रु वा स्थायी मित्र कोही हुदैन भन्ने राजनीतिक दृष्टिकोणवाट यो गठवन्धन अगाडी बढेको छ । राष्ट्रिय गठबन्धन जिल्लासम्म पुग्ने क्रममा आगामी मंसीर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि रुकुम पश्चिमा पनि गठबन्धनको रटान छ । रुकुम पश्चिममा गठबन्धनमा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव, पूर्व शान्ति, उर्जा, गृह मन्त्री एवं बर्तमान अर्थमन्त्री प्रभावशाली नेता जर्नादन शर्मा ‘प्रभाकर’ संघीय प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् भने माओवादी केन्द्रकै पोलिटव्युरो सदस्य राजकुमार शर्मा ‘आर्ट’ र केन्द्रीय सदस्य महेन्द्र के.सी. ‘पारसमणी’ प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन् । गठबन्धनको राष्ट्रिय नीति बमोजिम यि उम्मेदरवारहरु साझा उम्मेदवार हुन र काँग्रेस, नेकपा समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका पार्टिमा आश्था राख्ने सवैले यिनीहरुलाई नै मतदान गर्नुपर्ने छ ।
राष्ट्रिय गठबन्धनको मर्म बमोजिम कर्णाली प्रदेशमा कांग्रेसलाई १२, माओवादी १० र नेकपा समाजवादीलाई २ गरि जम्मा २४ सिट बाँडफाँड भएकोमा रुकुम पश्चिम नपुग्दै कांग्रेसका १२ सिट सकिएपछि आफुले पाएका १० सिटबाट माओवादी केन्द्रले रुकुम काँग्रेसलाई दिने कुरा भएन ।
रुकुममा अलि फरक प्रवृत्ति देखिएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता गोपालजी जंग शाह, केन्द्रीय सदस्य मानवहादुर नेपाली, पार्टी जिल्ला सभापति प्रेमप्रकास ओली लगायतका नेताहरु गठवन्धनका साझा उम्मेदवारहरुलाई गोलाकार भित्रको हसियाँ हथौडामा मतदान गर्न आम समुदायमा अपिल गर्दै हिडेका छन् । यो एक राजनीतिक इमान्दारीता हो । रुकुम पश्चिमको एकता, शान्ति, विकास र समृद्धिको लागि एक करिडोर हो । तर तल कार्यकर्ता स्तरमा एक खालको अकर्मण्यता देखिएको छ । अव अकर्मण्यताको अन्त्य गरि सवैले गठवन्धनका उम्मेदवारलाई मतदान गर्न अनिवार्य छ । नेपाली कांग्रेस रुकुमको स्थानीय पार्टी पनि होइन र यो कुनै स्वतन्त्र नामको एक टुकडी वा झुण्ड पनि होइन । नेपाली काँग्रेस राष्ट्रिय स्तरको पार्टी हो र आगामी मंसीर ४ पछि नेपालको सवभन्दा ठूलो दलको रुपमा स्थापित गर्न सबभन्दा बढी कांग्रेस कार्यकर्ताहरु लाग्नु अनिवार्य छ । देशका सबै निर्वाचन क्षेत्रहरुको हिसाब गर्दा नेकपा माओवादी केन्द्रले दोब्वर भन्दा बढी ठाउँमा नेपाली काँग्रेसबाट सिफारिस भएका उम्मेदवारलाई मतदान गर्ने छन् भने त्यसको आधा भन्दा कम कांग्रेसले माओवादी केन्द्रलाई मतदान गर्नु पर्ने छ । रुकुम कांग्रेसका कार्यकर्तालाई यो चेतना हुन जरुरी छ ।
आज कांग्रेसले हँसिया हथौडामा मतदान गर्दा वा माओवादीले रुखमा मतदान गर्दा धर्म मासिने हो भने विगतमा अर्को पार्टीलाई मतदान गरेको कुरा र पार्टी छोडेर नयाँ चुनाव चिन्हवाट चुनाव लडनेहरुको कुरा बुझ्दा उनिहरुको के नासिन्छ होला ? के डुव्छ होला ? यसैले महाशयहरु चिन्ह तिर नलागौ । इमान्दारीता पुर्वक मतदान गरौं ।
जिल्लामा आफुले एक जना मात्र भएपनि उम्मेदवार नपाउनुको पीडा त कांग्रेस कार्यकर्तामा होला । तर राष्ट्रिय गठबन्धनको मर्म बमोजिम कर्णाली प्रदेशमा कांग्रेसलाई १२, माओवादी १० र नेकपा समाजवादीलाई २ गरि जम्मा २४ सिट बाँडफाँड भएकोमा रुकुम पश्चिम नपुग्दै कांग्रेसका १२ सिट सकिएपछि आफुले पाएका १० सिटबाट माओवादी केन्द्रले रुकुम काँग्रेसलाई दिने कुरा भएन । पहल कदमिका कारण वा केन्द्रले रुकुम पश्चिमको कांग्रेसलाई हेर्ने दृष्टिकोणका कारण रुकुम शुन्य भएको हुनसक्छ र यसमा माओवादी केन्द्रको कुनै हात छैन । यसै कारणवाट अर्को तिर एउटा जवरजस्त जडसूत्रीय बुझाई स्थापित भएको छ । रुखमा मतदान गरिराखेको मान्छेले गोलाकार भित्रको हँसिया हथौैडा वा कलम वा गिलासमा कसरी मतदान गर्ने ? यो प्रश्न निकै गम्भिर भएर उभिएको छ । यसको निकै सरल उत्तर छ । रुख, गोलाकार भित्रको हँसिया हथौडा, कलम, गिलास आदि यि चिन्ह वा छाप हुन । यि कुराहरु कसैका नीजि सम्पत्ति पनि होईनन । कुनै बेला नेपाली काँग्रेस फुटेर दुई टुक्रा भयो । झण्डै त्यो बेला चुनाव हुने अवसर भएन यदि चुनाव भएको भए तत्कालिन नेपाली काँग्रेस प्रजातान्त्रिकका सभापति शेरवहादुर देउवाले कुन चिन्ह लिन्थे होला ? २०५६ को निर्वाचनमा नेकपा एमाले फुटेर माले भयो तत्कालिन नेकपा मालेले सुर्य छोडेर कुन चिन्ह लियो होला ? हाल नेकपा एमालेको सूर्यमा मातदान गरेका माधव कुमार नेपाल र झलनाथ खनालहरु सूर्य छोडेर कलम चिन्ह लिएका छन । केही पार्टीका कार्यकर्ताहरु स्वतन्त्रका नाममा अरु नै चिन्ह लिएर चुनाव लडेका छन् । गत स्थानीय निर्वाचनमा रुकुमका काँग्रेसहरुले कतै रुख र सुर्यमा मतदान गरे भने कतै सुर्यमा मात्र मतदान गरे । यति गर्दा कतै पनि धर्म नासिएको आभाष भएन । जात गएको जस्तो अनुभूति भएन ।
रुकुमका दुवै शेरहरु, दुवै हस्तिहरुसंग राजकुमार शर्मा, महेन्द्र के.सी, मान वहादुर नेपाली, प्रेमप्रकास ओली जस्ता खम्बाहरुले एउटै छहारीबाट रुकुम पश्चिमको भाग्य र भविष्य लेख्न शुरु गर्ने हो भने इतिहासमा एउटा ठुलो कायापलट हुन सक्छ ।
आज कांग्रेसले हँसिया हथौडामा मतदान गर्दा वा माओवादीले रुखमा मतदान गर्दा धर्म मासिने हो भने विगतमा अर्को पार्टीलाई मतदान गरेको कुरा र पार्टी छोडेर नयाँ चुनाव चिन्हवाट चुनाव लडनेहरुको कुरा बुझ्दा उनिहरुको के नासिन्छ होला ? के डुव्छ होला ? यसैले महाशयहरु चिन्ह तिर नलागौ । इमान्दारीता पुर्वक मतदान गरौं । अव रुकुमको विकास र समृद्धिको लागि इतिहासको कालखण्डमा एउटा नयाँ आयाम शुरु भएको छ । कुनै बेलाका विपरित ध्रुवीयहरु आज एउटै ध्रुवमा आएका छन् यो एउटा ऐतिहासिक खुसीको कुरा हो । कुनै बेला गोपालजी जंग शाह एक्लैले गरेको विकास, २०६३ पछि जर्नादन शर्मा एक्लैले गरेको विकास आज यि दुवै हस्तिहरु एक भएका छन् र समृद्ध रुकुमको लागि यो एउटा सुवर्ण अवसर हो रुकुमेली जनताले बुझ्न जरुरी छ । रुकुमको इतिहासमा राष्ट्रिय राजनीतिमा पहुँच पुग्ने अर्को नेता यति छिटै जन्मिने सम्भावना छैन् । माओवादी, काँग्रेस वा अरु कुनै पार्टीमा पनि यो सम्भावना छैन । अर्को तिर नेपाली कांग्रेसमा रुकुमको इतिहासमा गोपालजी जंग शाहको हैसियत र व्यक्तित्व भएको अर्को नेता तुरुन्तै जन्मिने पनि देखिदैन । रुकुमका दुवै शेरहरु, दुवै हस्तिहरुसंग राजकुमार शर्मा, महेन्द्र के.सी, मान वहादुर नेपाली, प्रेमप्रकास ओली जस्ता खम्बाहरुले एउटै छहारीबाट रुकुम पश्चिमको भाग्य र भविष्य लेख्न शुरु गर्ने हो भने इतिहासमा एउटा ठुलो कायापलट हुन सक्छ । हिजोको लडाई राजतन्त्रका विरुद्धमा थियो । राजतन्त्र बचाउनका लागि नजानेर कांग्रेसले सत्ताको बलमा माओवादीलाई दबाउन हर प्रयत्नहरु ग¥यो । त्यसको प्रतिकारमा माओवादी लाग्यो । त्यो विगत थियो । आज काँग्रेस, माओवादी सवै मिलेर राजतन्त्रको अन्त्य गरियो । राजतन्त्र छैन । यो व्यवस्था ल्याउन सहयात्रा गरेका केपी ओली सन्किएर व्यवस्था नै निल्ने दाउमा छन् । त्यसका विरुद्ध यो गठवन्धन हो र आज हामी इमान्दार हुनै पर्छ ।
यदि धर्मको दृष्टिकोणले राजनीतिलाई हेर्नु हुन्छ भने यस बेला कसैले कुलदेवता पुज्दैन भन्दा लाग्ने पाप भन्दा जर्नादनलाई भोट हाल्दैन भन्नेलाई लाग्ने पाप बढि हुन सक्छ ।
यदि धर्मको दृष्टिकोणले राजनीतिलाई हेर्नु हुन्छ भने यस बेला कसैले कुलदेवता पुज्दैन भन्दा लाग्ने पाप भन्दा जर्नादनलाई भोट हाल्दैन भन्नेलाई लाग्ने पाप बढि हुन सक्छ । हिजो रुकुममा नेपाली कांग्रेस भन्ने भन्दा पनि गोपाली काँग्रेसको धेरै ठूलो ब्राण्ड थियो । जुनबेला गोपाली कांग्रेस थियो त्यो बेला रुकुममा नेपाली कांग्रेसको ठूलो संगठन थियो । रुकुमको कांग्रेसको संरक्षक र अभिभावक गोपालजी जंग शाह नै हुन । आज यिनै शाहलाई मान्ने कांग्रेस कार्यकर्ता घटेका छन । आफु आफु ठूला भएका छन् । त्यसैलै कांग्रेसको संगठन कमजोर हुदै गएको छ । नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा रुकुम कांग्रेसलाई कम विश्वास गर्छन । यसैले यस पटकको गठवन्धन भनेको रुकुम कांग्रेसलाई नेपालको नमूना कांग्रेस, प्रतिवद्ध र निष्ठावान कांग्रेसको परिचय दिनु छ । गोपालजी जंग शाहको कुशल नेतृत्वको आभाष हुृने गरि एकतावद्ध संगठनको परिचय दिनु छ । यही प्रतिवद्धताबाट जर्नादन शर्मालाई अझ शक्तिमा पु¥याएर रुकुमले फाइदा लिनु छ भने गोपालजी जंग शाहलाई पनि कही न कही शक्तिमा व्यवस्थापन गरि रुकुमलाई थप शक्ति आर्जन गरेर विकास र समृद्धिलाई गुणात्मकता दिनु छ ।
जे गरे पनि गठबन्धनमा मत हाल्नै पर्छ परिणाम गलत मात्र आयो भने एक अर्कामा नयाँ दुष्मनी शुरु हुन्छ । मानौ कि डडेल्धुरामा माओवादीले वेइमानी ग¥यो भने त्यहाँ माओवादीको संगठन अझ कमजोर हुने छ । त्यहाँको माओवादी पार्टीलाई प्रचण्डले मान्यता दिने छैनन । त्यस्तै रुकुममा कांग्रेसले बेइमानी ग¥यो भने रुकुममा कांग्रेसको संगठन अझ कमजोर हुने छ र देउवाले रुकुमको कांग्रेसलाई मान्यता दिने छैनन ।
यि दुई रुकुमका हस्तिहरुको मिलनले देउवा र प्रचण्डलाई सोच्न वाध्य बनाउने छ । शेरवहादुर देउवाको रुकुम कांग्रेसप्रतिको दृष्टिकोण बदलियो भने एवं रुकुम माओवादी पार्टी नेतृत्व र संगठन प्रतिको दृष्टिकोणमा प्रचण्डले पुनर्विचार गरे भने पक्कै पनि रुकुमले ऐतिहासिक रुपमा जित्ने छ । गठबन्धन विचारमा होइन परिणाममा हुनुपर्छ । रुकुम पश्चिममा कांग्रेसले माओवादीलाई मतदान गरेको प्रत्याभुत हुने गरि परिणाम आउनु पर्छ । त्यस्तै अरु जिल्लामा माओवादीले कांग्रेसलाई मतदान गरेको प्रत्याभुत हुने गरि परिणाम आउनु पर्छ । गठबन्धन भन्दा बाहिर गएर जसले मतदान गर्छ त्यो त्यस पार्टीको कार्यकर्ता होईन । एक अर्काले त्यसको अनुगमन गर्ने, रिपोर्टिङ गर्ने र हिसाब राखेर सही समयमा त्यसको कार्यान्वयन गर्नै पर्छ । कोही मुटु माथि ढुङगा राखेर हाँस्नु वा कोही आफ्नो रगत आँफै पिएर बाँच्नु यसको मतलब छैन । जे गरे पनि गठबन्धनमा मत हाल्नै पर्छ परिणाम गलत मात्र आयो भने एक अर्कामा नयाँ दुष्मनी शुरु हुन्छ । मानौ कि डडेल्धुरामा माओवादीले वेइमानी गर्याे भने त्यहाँ माओवादीको संगठन अझ कमजोर हुने छ । त्यहाँको माओवादी पार्टीलाई प्रचण्डले मान्यता दिने छैनन । त्यस्तै रुकुममा कांग्रेसले बेइमानी ग¥यो भने रुकुममा कांग्रेसको संगठन अझ कमजोर हुने छ र देउवाले रुकुमको कांग्रेसलाई मान्यता दिने छैनन । महाशय, अहिलेको गठबन्धन निकै निर्मम छ । त्यसैले निर्ममता भित्र कतै माया, दया, करुणा वा सहानुभूति खोज्नुभो भने त्यो निकै ठुलो मुर्खता हुनेछ । बरु निर्ममता भित्र कार्यान्वयन खोज्नुस, अनुकुलन योजना बनाउनुस, इमान्दारिता देखाउनुस यस्तो गरियो भने निकै सहज हुने छ ।
जनार्दन शर्मा र गोपालजी जंग शाह मिले भने कतै न कतै देउवा र प्रचण्डको घट्ट बसाल्न सक्छन । यही हो शक्ति र सत्ता भनेको । मिलेर नै समृद्धिको सपना कोर्ने हो ।
रुकुम पश्चिममा कांग्रेस कमजोर हुँदा माओवादी निरङकुश हुनेछ, अधिनायक बन्ने छ, सर्वेसर्वा हुने छ, भ्रष्टाचार बढ्ने छ । यो नियन्त्रण गर्नका लागि कांग्रेस बलियो र इमान्दार हुनु पर्छ । यसबेला कांगे्रसका मतदाताहरु कोही स्वतन्त्र, कोही एमाले, कोही चुनाव बहिष्कार गर्न सक्छन् । छरपष्ट मतदातालाई भोली एक ठाउँमा ल्याउन निकै कठिन हुन सक्छ । त्यसैले अहिले चेन अफ कमाण्डको रणनीति लिएर संगठित रुपमा लाग्ने र गठबन्धनमा मतदान गर्ने भिटो प्रयोग हुने वातावरण सृजना गर्नुपर्छ । भोली अहिलेको उदासिनताले गाउँ जाने बाटो नरोकियोस, आफ्नै चुनाव चिन्हमा पनि भोट माग्न अप्ठ्यारो नपरोस, पार्टीको निर्देशन नमान्ने वातावरण सृजना नहोस । त्यसपछि मात्र जनार्दन शर्मालाई राम्रोमा ताली र काम नगरेपछि गाली गर्न सकिन्छ । साझा नेता, अभिभावक नेताको रुपमा बस्नका लागि निर्देशन गर्न सकिन्छ । रुकुम पश्चिमको माओवादीमा दम्भ बढ्यो भने साइजमा ल्याउन सकिन्छ । डडेल्धुरामा कांग्रेसको दम्भ बढे माओवादीले साईज घटाइदिन सक्छ । गोपालजी जंग शाहलाई थप उचाइमा पु¥याउनु पनि छ । गोपालजी जंग शाहलाई मध्य विन्दुमा बसेर हेर्ने हो भने उनि रुकुममा राजनीतिक गुरु हुन, अभिभावक हुन । आज उनको उमेरको क्रियाशिल राजनीतिकर्मी कोही छैन । जब गोपालजी जंग शाहको उचाई बढ्यो भने रुकुमेली जनताले शक्ति केन्द्रमा चलखेल गर्न सक्छन् । प्रचण्डवाट नभएका काम देउवाबाट वा देउवाबाट नभएका काम प्रचण्डबाट गर्न सक्छन् । जनार्दन शर्मा र गोपालजी जंग शाह मिले भने कतै न कतै देउवा र प्रचण्डको घट्ट बसाल्न सक्छन । यही हो शक्ति र सत्ता भनेको । मिलेर नै समृद्धिको सपना कोर्ने हो । कार्यान्वयन गर्ने हो । समाज रुपान्तरणका लागि मिलेर नै शक्ति केन्द्रित गरेर नै सम्भव छ ।
नेपालको सन्दर्भमा एक्ला एक्लै गर्न सम्भव देखिएन । २०४८ मा कांग्रेसले दुई तिहाई ल्यायो । २०५१ मा हावा खुस्कियो । त्यसपछि एमाले ठूलो पार्टी बन्यो २०५६ मा हावा खुस्कियो । २०६४ मा माओवादी ठुलो पार्टी बन्यो अनि हावा खुस्कियो । २०७४ मा नेकपा दुई तिहाईमा पुग्यो झन्डै व्यवस्था नै खुस्किएको थियो प्रचण्ड र माधब नेपालले बचाए । यसका सहयात्री देउवा पनि भए त्यसैले यो गठबन्धन भएको हो । सहयात्रा हुन्जेल सहयात्रा गर्ने हो नत्र आ–आफ्नो बाटो छदै छ नि । सहयात्राका क्रममा इमान्दार बन्नै पर्छ त्यो राजनीतिक आचरण हो । अहिले आ–आफ्ना पार्टी ठूला बनाउन लागौं, आ–आफ्ना नेताको उचाई बढाउन लागौं । सहकार्य गरेर बढेको उचाई वा हाम्रो सम्पत्ति सहकार्य पछि पनि काम लाग्ला नि होइन र ? नबुझेकालाई बुझाउन पर्ने छ । बुझि बुझि बुझ पचाउनेहरुलाई के भनौ र खोई ? तिमी जे सुकै गर ओई म त गठबन्धनमा भोट माग्छु होई ।