Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पूर्वमा यसवर्षकाे पहिलाे हिमपात

रुकुम पूर्वमा हिमपात भएको छ । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वमा गयराती देखि हिमपात भएको हो । जिल्लाका विभिन्न ठाउँमा हिमपात भएको छ । विशेष गरी पुथाउत्तरगंगा गाउँपालिका र भूमे गाउँपालिकाका साथै सिस्ने गाउँपालिकाको वडा नम्बर १ लगायतका ठाउँमा हिमपात भएको हो ।

जिल्लाका उच्च डाँडाहरू हिउँले ढाकिएका छन् । जिल्लामा यो यस वर्षको पहिलो हिमपात हो । वर्षासँगै भएको हिमपातले चिसो बढाएको छ । जसले गर्दा जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । तर खेतीपातीलाई भने सहज भएको छ ।

त्यस्तै हिमपातले जिल्लामा आन्तरिक पर्यटकहरू समेत बढाउने गर्छ । हिउँमा रमाउन छिमेकी जिल्लाबाट मानिसहरू पुग्ने गर्छन् । अरब सागरमा विकसित न्यूनचापीय प्रणालीको असरले नेपालमा आज र भोलि वर्षा तथा हिमपात हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ ।

1000109783-1761626293.jpg
1000109784-1761626292.jpg
1000109786-1761626291.jpg
1000109787-1761626288.jpg
1000109789-1761626290.jpg
1000109788-1761626289.jpg
फाेटाेः दिलचन पुन । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update