मृत्यु
चौरजहारी ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ६ शान्ति बजारस्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार साँझ लु•प्र २००१ त ००२३ नम्बरको ट्याक्टर अनियंत्रित भइ रोडको साइडको नालामा पल्टिएको थियो । ट्याक्टर दुर्घटना घाइते भएका चौरजहारी नगरपालिका वडा नम्बर ३ स्यालाखोलाका ट्याक्टर चालक ३० वर्षीय कृष्ण विकको मृत्यु भएको हो ।
उपचारको लागि चौरजहारी मिसन अस्पतालमा पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । उहाँका अनुसार ट्याक्टरमा अन्य सवार खोही नरहेको खुलेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२ ०९:१३
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)