Kakhara सबैको खबर सम्पूर्ण खबर
जेन-जी युवा समुहदाद्धा आठविसकोट नगरपालिकालाई ध्यानाकर्षण पत्र,  केके छन् माग ?

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा जेन जी युुवा समहुले युवाहरुको भूमिका, भौतिक पुर्वाधार तथा सार्वजनिक यातायात सम्बन्धि ध्यानाकर्षण पत्र बुझाएका छन् । बुधबार नगर उपप्रमुख धनकुमारी शाहीलाई जेन जी युवाहरुले विभिन्न विषयमा माग राख्दै धानाकर्षण पत्र बुझाएका हुन् । समाज परिवर्तनमा युवाहरुको भूमिका सुनिश्चित गर्नु पर्छ भन्ने उद्देश्यका साथ युवाहरुको भूमिका र स्थानीय विकासका प्राथमिकतालाई मध्यनजर गर्दै जेन जी युवा समुहको तर्फबाट विभिन्न ९ बँदे मागहरु सहित नगरपालिकालाई ध्यानाकर्षण बुझाएको जेनजी युवा समुहका एम सदस्य दिपेन्द्र विसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार  नगरपालिकाको वरिपरी बजार क्षेत्रमा रहेको सडक कालोपत्रे र फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने, पालिका भित्र रहेका मुख्य सडक नियमित सरसफाई तथा मर्मत गर्नुपर्ने, नगर भित्र संचालन हुने गाडीमा यात्रुहरुका लागी भाडा निश्चित र गाडीको क्षमता अनुसार यात्रु राख्नुपर्ने माग राखिएको छ । त्यस्तै निर्माण भएका भवन, स्वास्थ्य चौकी छिटो तथा गुणस्तर रुपमा संचालन र निर्माण गर्न बाँकी भवनको निर्माण पनि तत्काल गर्नुपर्ने, आर्थिक वर्षमा कुन शिर्षकमा कति बजेट विनीयोजन गरिएको छ सबै सार्वजनिक गरी १ महिना भित्र ५० प्रतिशत कार्य पुरा गर्नुपर्ने, जुनसुकै कार्यक्रम विकास बजेट विनियोजनमा जेनजी युवाहरुलाई समावेश गर्नु पर्ने माग पेश गरिएको छ ।

 त्यसैगरी नगरभित्र केद्रिय प्रशारण लाइन नपुगेको ठाउँमा तत्काल विद्युत लाइन विस्ता गर्नुपर्ने, दाजे, गोईरी, घेत्मा, नदुवा, सुन्दरपानी, स्यालाखदी चल्ने गाडीहरुलाई ओभर लोड रोक्न र गाडीको अवस्था ठिक भए नभएको चेक गर्न अस्थायी प्रहरी पोष्ट राख्नुपर्ने, रातको समयमा आपतकालिन बाहेक अरु समय गाडी चलाउन बन्द गर्नुपर्ने,  काम गरिरहेका ठेकेदारहरुलाई छिटो छरितो काम गर्न आग्रह गर्ने  र तोकेको समयमा काम पुरा भएन भने भुक्तानी रोक्का गर्ने समेत जेनजी युवाहरुले माग पेश गरेका छन् । 

‘‘हाम्रा यि मागहरु अहिलेको जटिल परिस्थितिलाई मध्येनजर गर्दै युवाहरुको भुमिका र युवाहरुको भविष्य सुधारका लागी अति आवश्यक छ । यि मागहरु प्रति नगरपालिकाको सरकारले ध्यानाकर्षण भई ऐक्यबद्धता भई  मागहरुलाई सम्बोधन गर्छ भन्ने पुर्न विश्वास लिएकाछौँ ’’ ध्यानाकर्षण पत्रमा भनिएको छ । साथै मागहरु २० दिन भित्र  सम्बोधन नभए नगरपालिका कब्जा गर्ने चेतावनी समेत जेनजी युवा समुहले दिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update