Top Navigation
शनिबार, माघ २१, २०७९ ११:५८:१०
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:५८:१०
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #साँख गाउँ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
समाज
  • Home
  • समाज
  • गुप्ता दहमा सिस्ने हिमालकाे छाया (फाेटाे फिचर)
गुप्ता दहमा सिस्ने हिमालकाे छाया (फाेटाे फिचर)
कखरा संवाददाता
कखरा संवाददाता शुक्रबार, मंसिर २, २०७९
माया बेकरी माया बेकरी

वरिपरि हिमाल, अग्लो पहाडमा गुप्ता दह । रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ को अग्लो पहाडमै छ अनौठो सानो र ठूलो गुप्ता दह। अग्लो पहाडमा अवस्थित गुप्ता दह हिउँदयाममा गुप्ता दह समेत पूरै हिउँले ढपक्क हुन्छ । लाग्छ यो कुनै कुशल चित्रकारले कोरेको अब्बल चित्र हो । देख्ने जो कोहीलाई लाग्छ सायद धर्तीको स्वर्ग यही हो ।

315566958_1577926922638797_6180292371579235338_n1668773300.jpg

दहसम्म पुग्न उकालो चढ्दा लाग्छ कि कति गाह्रो, कति अप्ठेरो ! जब दहको किनारमा पुगिन्छ, उकालो चढ्दा उडेको अनुहारमा एकाएक अनुपम आनन्दको रंग भरिन्छ। गुप्ता दहको डिलमा बसेर हेरिरहँदा एकपटक आफैंलाई चिमोटूँ झैं हुन्छ, ‘यो सपना हो कि विपना ।’

315582208_1577926802638809_2907211269236348058_n1668773303.jpg

यहाँ बसेर दह र दहलाई वरिपरिबाट अँगालोमा बेरेर बसेकाे सिस्ने हिमालको दृश्य देख्दा जसको पनि भनाइ हुने गर्छ, यति सुन्दर रैछ र पो सितिमिति यहाँ हेर्न साइत नजुरेको रैछ । जिल्लाकै प्रख्यात सिस्ने हिमालको छायाँ गुप्ता दहमै टलक्क टल्किने गर्दछ । त्यसले झनै दहको सुन्दरता बढाएकाे छ । यसले सबैकाे मनमा आनन्द ल्याउँछ । 

315629943_1577927162638773_902243239951192851_n1668773308.jpg

आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य हो, गुप्ता दह । तर भाैगाेलिक विकटताका कारण यसकाे प्रचार र पर्यटककाे राेजाइमा पुग्न सकेकाे छैन् । याे जिल्लाकै सबैभन्दा उचाइमा रहेको ठूलो बाह्रैमासे दह हो । चलिरहने हावाको वेगले लहरिने पानीको छालले तपाईंलाई रोमाञ्चक तुल्याउनेछ र यी दृश्यमा एकाकार भईरहँदा तपाईंले आफैंलाई भुल्नुहुनेछ ।

315482911_1577926965972126_7736353744981132924_n1668773297.jpg

मुसिकाेट नगरपालिका

न घर सम्झनु हुनेछ, न भाइबन्धु । न धन सम्पत्ती न ऋणभार । न सुख, सयल, न दुःख, कष्ट । सबैकुरा भुल्नुहुनेछ। अनि यो मोहक जलकुण्डको सौन्दर्यमा एकोहोरिनुहुनेछ । अनि सेता टलक्क टल्कने सिस्ने हिमालले सबैको मन तान्छ । जिल्लाको प्रमुख गन्तव्य हो यो । यो यात्रामा एकै पटक दुई पर्यटकीय स्थलको अवलोकन गर्न सकिन्छ । तपाई पनि पुग्ने होइन त गुप्ता दह ? 

315400372_1577926552638834_6631765054732870908_n1668773298.jpg

315584045_1577926585972164_311051014883175526_n1668773306.jpg

315617568_1577927005972122_2060038500176148991_n1668773306.jpgफाेटाेः दिलचन पुन


प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १७:५२
चाैरजहारी चाैरजहारी
#फाेटाे फिचर
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्