Kakhara सबैको खबर सम्पूर्ण खबर
अव सानीभेरीवासीलाई गाउँपालिकामै आँखा उपचार सेवा 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ बेल्टापुमा प्राथमिक आँखा उपचार केन्द्र उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष विर्खवहादुर विष्ट, उपाध्यक्ष कमला रोकाले संयुक्त रुपमा रिवन काटेर केन्द्रको उद्घाटन गर्नुभएको हो । आँखा उपचार केन्द्रमा प्रयोग हुने सम्पूर्ण सामग्री नेत्र ज्योती संघ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश, अस्टे«लिया सरकार र सिविएमको आर्थिक सहयोगमा प्राप्त भएका छन् । 

केन्द्रमा प्राप्त आँखा चेक जाँचमा प्रयोग हुने उपकरण, औषधी लगायतका सामग्री करिव १० लाख बराबरका रहेको वडा अध्यक्ष जगदिश नकालले जानकारी दिनुभयो । उहाँका अनुसार आँखा उपचार केन्द्रमा नेत्र सहायक सहित ४ जना कर्मचारी खटिएका छन् । सबै कर्मचारीको  व्यवस्थापन गाउँपालिकाले गरेको हो । 

आँखा उपचार केन्द्र बेल्टापुमै सञ्चानमा आएपछि गाउँपालिकावासीहरु आँखा उपचारको लागि जिल्ला अस्पताल सल्ले आउनुपर्ने समस्या हल हुनका साथै समय र पैसा खर्चमा पनि कमि आउने विश्वास गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update