Top Navigation
आइतबार, असोज ७, २०८० ०३:४५:४७
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०३:४५:४७
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
समाज
  • Home
  • समाज
  • रुकुम पश्चिमका नयाँ सिडिओ पन्तद्धारा पत्रकारसंग अन्तरक्रिया 
रुकुम पश्चिमका नयाँ सिडिओ पन्तद्धारा पत्रकारसंग अन्तरक्रिया 
कखरा संवाददाता
कखरा संवाददाता मंगलबार, माघ १७, २०७९
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त ।

रुकुम पश्चिममा भर्खरै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जिल्लास्थित पत्रकारहरुसंग छलफल तथा अन्तरक्रिया गर्नुभएको छ । जिल्लामा नयाँ आउनुभएका प्रमुख जिल्ला अधिकारी पन्तले आज आफ्नै कार्यकक्षमा जिल्लास्थित क्रियाशिल पत्रकारहरुसंग भेट, छलफल तथा अन्तरक्रिया गर्नुभएको हो । 

भेटमा जिल्लास्थित पत्रकारहरुले प्रमुख जिल्ला अधिकारीलाई स्वागत गर्दै जिल्लाको समग्र वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए । साथै पत्रकारहरुले प्रशासनका तर्फबाट यसअघि सुरुवात भएका राम्रा कामको निरन्तरताका लागि आग्रह गरेका थिए भने जिल्लामा अलपत्र अवस्थामा रहेका योजनाहरुको पूर्णताका लागि ध्यान दिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका थिए । 

विकास निर्माणको पूर्णता संगै सुशासनको पाटोमा पनि चनाखो रहन पत्रकारहरुले सुझाव दिएका थिए । जवाफमा प्रमुख जिल्ला अधिकारी पन्तले जिल्लामा रहँदासम्म जिल्लाको समग्र हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भेटका क्रममा पत्रकारहरुले दिएका सुझाव र उठाएका महत्वपूर्ण कुराहरुलाई आफुले नोट गरेको भन्दै उहाँले यसतर्फ गम्भिर भएर लाग्ने बताउनुभयो । 

साथै उहाँले कुनै एक पक्षले मात्र चाहेर केही नहुने भन्दै जिल्लाको समग्र विकासका लागि सबै पक्ष र क्षेत्रले हातोमालो गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । यसका लागि आफुले पहल गर्ने साथै यसअघिबाट संचालनमा रहेका राम्रा अभ्यासको निरन्तरताका लागि पनि आफुले सक्दो भूमिका खेल्ने उहाँले बताउनुभयो । 

यसअघि जिल्ला प्रशासन कर्याालय ललितपुरमा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत पन्त सोमबार देखि रुकुम पश्चिमको प्रमुख जिल्ला अधिकारीका रुपमा हाँजिर हुनुभएको हो । जिल्लाका यस अघिका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे भने रोल्पाको प्रमुख जिल्ला अधिकारी भएर जानुभएको छ ।
 


प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १७:०४
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्