
रुकुम पश्चिमको सातौं जिल्ला सभा आज हुँदै छ । जिल्ला समन्वय समितिले बिहान ११ बजे जिल्ला सभा गर्न लागेको हो । जिल्ला सभा जिल्ला समन्वय समितिमा हुने छ । जिल्ला सभाले जिल्लाका प्राथमिकताहरुलाई निर्धारण गर्ने जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले जानकारी दिनुभयो ।
यस पटक कृषिलाई मुख्य प्राथमिकतामा राखेर कार्यक्रमहरु बनाइएको उहाँको भनाई छ । जिल्लाले के कुरालाई प्राथमिकता दिने र जिल्लालाई कस्तो बनाउने भनेर तय गरिएका नीति तथा कार्यक्रम जिल्ला सभाले पास गर्ने उहाँले बताउनुभयो । जिल्ला सभामा कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसी र कल्याणी खड्काको उपस्थिति हुनुहुने छ ।
प्रकाशित मिति: आइतबार, चैत २६, २०७९ ०९:३४
प्रतिक्रिया दिनुहोस्