Kakhara सबैको खबर सम्पूर्ण खबर

सानीभेरी गाउँपालिका–११ घर भई हाल अमेरिकाको टेक्सासमा बस्दै आउनुभएका आरसी खड्का (RC Khadka) को शब्द सङ्कलन र निर्माणमा तयार भएको ‘संस्कृति’ सिङारु गीत आज साँझ ४:४४ बजे सार्वजनिक भएको छ ।

गीतमा शान्ति श्री परियार, तिलक परियार र डिल्ली परियारले स्वर दिएका छन् भने गीतको भाका डिल्ली परियारको रहेको छ । मौलिक लोक संस्कृति र सिङारु परम्परालाई समेटिएको यस गीतले नेपाली लोक सङ्गीत तथा स्थानीय सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।

विदेशमा रहेर पनि आफ्नो गाउँ ठाउँ, माटो, मौलिक संस्कृति र परम्परासँग जोडिँदै गीतमार्फत नेपाली लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै आरसी खड्काको यो सिर्जनालाई साङ्गीतिक क्षेत्रका लागि महत्त्वपूर्ण प्रयासका रूपमा लिन सकिन्छ ।

विशेष गरेर मध्यपश्चिमको चिनारीको रूपमा रहेको सिँगारु गीतमा लोक संस्कृतिको जगेर्नामा लागेका त्रिवेणी गाउँपालिकाका नन्द कुमार घर्तीको अगुवाइमा मयुर नाच प्रस्तुत गरिएको छ भने, स्थानीय स्तरमा बजाइने दमाहा, र केही झाँकी सहितको सिँगारु गीतले अन्तमा आफ्नो पहिचान र संस्कृति भुल्न हुन्न भन्ने सन्देश पनि दिएको छ I गीतको छायाङ्कन राजकुमार मगरले गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update