देउवा समूह रुकुम पश्चिमको संयोजकमा यामबहादुर
नेपाली काँग्रेस देउवा समूहले रुकुम पश्चिमको संयोजक तोकेको छ । देउवा समूहले यामबहादुर केसीलाई संयोजक तोकेको हो ।
विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वले ताेकेकाे महाधिवेशनलाई अवैधानिक भन्दै देउवा समूहले छुट्टै महाधिवेशन तोकेको छ । महाधिवेशनलाई लक्षित गर्दै देउवा समूहले यो सँगै ७७ वटै जिल्लामा संयोजक तोकेको छ ।
यसअघि ७६ जिल्लामा संयोजक तोकेकोमा रुकुम पश्चिममा भने तोक्न सकेको थिएन । तर आज भने केसीलाई संयोजक तोकेको हो । केसी काँग्रेसको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि भइसक्नुभएको छ ।
साथै उहाँले पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसक्नुभएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १४, २०८३ १८:५९
प्रतिक्रिया दिनुहोस्





