
कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्काले सर्वस्वीकार्य विकास आवश्यक रहेको बताउनुभएको छ । रुकुम पश्चिमको सातौं जिल्ला सभालाई सम्बोधन गर्दै सांसद खड्काले जवरजस्ती विकासले समाजलाई द्धन्दमा धकेल्ने भएकोले यसमा सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
हिजोका दिनमा जवरजस्ती विकास भएकाले नै व्यवस्था असफल भएको तर्फ सचेत गराउँदै उहाँले समुदायको लागि विकास गर्दा सबैलाई फाइदा पुग्ने गरी र सबैले स्वीकार्ने गरी हुनुपर्नेमा जोड दिनुभयो ।
साथै उहाँले हिजोको तुलनामा विकास तथा उत्पादनले फड्को मारेको पनि बताउनुभयो । ‘केही नभएको होइन, हिजोको भन्दा भएकै छ, उहाँले भन्नुभयो–तर सही रुपमा र आवश्यकताका आधारमा विकास हुन आवश्यक छ ।’ विकास गर्दा यस तर्फ ध्यान दिन उहाँले स्थानीय तहहरुलाई आग्रह गर्नुभयो ।
प्रकाशित मिति: आइतबार, चैत २६, २०७९ १७:२०
प्रतिक्रिया दिनुहोस्