खरखरेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ को खरखरेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । आज बिहान खसेको पहिरोले लोकमार्ग अवरुद्ध बनाएको हो ।
उक्त पहिरोले डोजर समेत पुरेको बताइएको छ । पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी टोली गएको उहाँको भनाई छ । छिटो पहिरो हटाएर लोकमार्ग सुचारु गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
खरखरेमा बारम्बार पहिरो खस्दा लोकमार्ग अवरुद्ध हुने गरेको छ भने यात्रा जोखिमपूर्ण छ । यसवर्षको हिउदयाममा कुनै सास्ती नभएपनि शुक्रबार पानी परेपछि पहिरो खसेको हो । खरखरे भूगोलका कारण सामान्य पानी पर्दा पनि पहिरो झर्ने समस्या रहेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८० १०:४८
प्रतिक्रिया दिनुहोस्