Top Navigation
आइतबार, असोज ७, २०८० ०४:३८:२५
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०४:३८:२५
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #जनार्दन शर्मा
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
समाज
  • Home
  • समाज
  • मुसिकोट १० मा सस्तो पसल संचालन 
मुसिकोट १० मा सस्तो पसल संचालन  बजारकाे भन्दा सस्ताेमा सामान पाइने ।
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, जेठ १, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
पसल उद्घाटन कार्यक्रम ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० मा सस्तो पसल संचालनमा आएको छ । छवि बहुउद्देश्यिय सहकारीले वडा कार्यालय नजिक मुलबाटामा सस्तो पसल संचालन गरेको हो । वडावासीलाई सस्तो मुल्यमा दैनिक उपभोग्य वस्तुहरु उपलब्ध गराउने गरी बैशाख २८ गतेदेखि सहकारीले पसल संचालन गरेको हो । 

सहकारीले मदिरा तथा सुर्तिजन्य बाहेक दैनिक उपभोग्यका सामग्रीहरु बिक्रि गर्नुका साथै कृषकले उत्पादन गरेका कृषि उपजहरु खरिद पनि गर्ने सहकारीका अध्यक्ष टेकबहादुर कठायतले बताउनुभयो । बजार मुल्य भन्दा सस्तोमा सामग्रीहरु बिक्रि हुने उहाँको भनाई छ ।

मुख्य गरी उपभोक्ता नठगिउन र सुपथ मुल्यमा दैनिक उपभोग्य सामग्री पाउन भनेर नै सहकारीले पसल संचालन गर्ने निर्णय गरेको कठायतले बताउनुभयो ।  

सहकारीले सस्तो पसल संचालन गर्नु राम्रो भएको भन्दै वडाध्यक्ष धनबहादुर खड्काले यसको दीगोपनाका लागि ध्यान दिन आग्रह गर्नुभएको छ । केही दिन संचालन भएर बन्द नगर्न आग्रह गर्दै उहाँले सहकारीलाई वडाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सम्पूर्ण वडावासीका लागि सस्तो पसल लाभदायी बन्नुपर्नेमा उहाँको जोड छ । 

साथै उहाँले स्थानीय कृषि उपजसंग दाल, चामल, नुन, तेल लगायतका दैनिक उपभोग्य सामग्रीहरु साट्टे व्यवस्था गर्नपनि सहकारीलाई आग्रह गर्नुभएको छ । यसो हुनसकेमा गाउँमा उत्पादन भएको कृषि उपजले बजार पाउने वडाध्यक्ष खड्काको भनाई छ ।


प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०९:४६
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्