Top Navigation
आइतबार, असोज ७, २०८० ०५:२३:०९
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०५:२३:०९
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
समाज
  • Home
  • समाज
  • मुसिकाेटमा मापदण्ड विपरितका ८ वटा मासु पसल बन्द
मुसिकाेटमा मापदण्ड विपरितका ८ वटा मासु पसल बन्द
परिचन्द्र खत्री
परिचन्द्र खत्री शुक्रबार, जेठ १२, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
सदरमुकाममा रहेका मासु पसल अनुगमन गरिदैं ।

रुकुम पश्चिमको जिल्ला सदरमुकाममा रहेका ८ वटा मासु पसल बन्द गरिएको छ । आज मुसीकोट नगरपालिका वडा नम्वर १ मा रहेका मासु पसलहरु बन्द गरिएको हो । मापदण्ड नपुगेका मासु पसल जिल्ला स्तरिय अनुगमन टोलीले बन्द गरेको छ । 

सदरमुकाममा रहेका १७ वटा मासु पसलको अनुगमन गरिएको थियो । यो भन्दा पहिला अनुगमन गरिएको समयमा मापदण्डमा आउन आग्रह गर्दा पनि मापदण्डमा नआएका मासु पसलहरु बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिनुभयो । 

“अनुगमनको क्रममा पटक–पटक मापदण्डमा आउन भनियो तर सधै अटेरी गरेको पाइए पछि हामीले पसल बन्द गराएका हौं ।” सहायक प्रमुख जिल्ला अधिकारी बडुवालले भन्नुभयो । अव मापदण्डमा आए पछि मात्र मासु पसलहरु खोल्न दिइने उहाँको भनाई छ । दर्ता नगरेका, मासु पसल र अन्य पसल एकै ठाउँबाट संचालन भएको, सरसफाईमा ध्यान नदिएको जस्ता कैफियतहरु पटक–पटक भेटिने गरेको छ । 

मासु पसलले स्वस्थ र सफा मासु बेच्नु पर्ने पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमिक्त कार्यालय प्रमुख ज्ञाणुकुमार गौतमले बताउनुभयो । तर रुकुम पश्चिमको जिल्ला सदरमुकाममा रहेका मासु पसलमा भने निकै लापर्बाही भएको पाईएको उहाँको भनाई छ । 

उपभोक्तबाट मासु पसलहरुमा निकै लापर्बाहि भएको भन्ने गुनासो बढ्दै गए पछि विभिन्न समयमा अनुगमन हुने गरेको छ । अघिल्ला पटक गरिएका अनुगमनमा सुझाव दिने गरिएको भए पनि यो पटक भने मापदण्ड विपरितका पसलहरु बन्द नै गरिएको हो ।


प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  २०:४१
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्