Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका जेटि, जेटिएहरु लम्पिस्किन रोग नियन्त्रण अभियानमा लाग्ने

रुकुम पश्चिमका जेटि, जेटिएहरु पशुमा महामारीका रुपमा फैलिएको लम्पिस्किन रोग नियन्त्रणमा परिचालन हुने भएका छन् । नेपाल पाराभेटेरीनरी एण्ड लाइभस्टक एसोसियशन रुकुम पश्चिममा आवद्ध जिल्लाका ६ वटै स्थानीय तहमा रहेका जेटि, जेटिएहरु आ-आफ्नो ठाउँबाट लम्पिस्किन रोग नियन्त्रण अभियानमा जोडिने भएका हुन् ।

जेटि, जेटिएहरुको छाता संगठन नेपाल पाराभेटेरीनरी एण्ड लाइभस्टक एसोसियशन रुकुम पश्चिमले संगठनमा आवद्ध जिल्लाभरका प्राविधिकहरुलाई लम्पिस्किन रोग नियन्त्रण अभियानमा लाग्न आग्रह गरेको छ । 

पशु अस्पताल तथा पशु सेवा कार्यालयमा एक छलफल कार्यक्रमको आयोजना गरी लम्पिस्किन रोग नियन्त्रणका सम्बन्धमा छलफल भएको र जिल्ला भरमा रहेका संगठनमा आवद्ध प्राविधिकहरुलाई आ–आफ्नो ठाउँबाट लम्पिस्किन रोग नियन्त्रणमा सहयोग गर्न अनुरोध गरिएको एसोसिएशनका केन्द्रीय सदस्य रिमबहादुर खड्काले जानकारी दिनुभयो । 

लम्पिस्किन जिल्लामा पनि महामारीका रुपमा फैलिएको तथा यसले पशु चौपायामा ठूलो असर गरिरहेको र नियन्त्रण नहुने हो भने अझ धेरै क्षेति हुनेभएकोले जिल्ला भरमा रहेका जेटि, जेटिए पढेकाहरुलाई पनि यस रोगको नियन्त्रण अभियानमा खटिन अनुरोध गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा पनि जेटि र जेटिएहरु लम्पिस्किन रोग नियन्त्रण अभियानमा जुटेका हुन् । 

आज ६ वटै स्थानीय तहका जेटि, जेटिए, पशु सेवा कार्यालयका प्राविधिक लगायतको उपस्थितिमा जिल्लामा लम्पिस्किन रोगले पुयाएको असर, रोकथामका लागि भइरहेका प्रयास र आगामी दिनमा थप गर्नुपर्ने प्रयासका विषयमा छलफल भएको केन्द्रीय सदस्य खड्काले बताउनुभयो । कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update