
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १० का विभिन्न ठाउँमा पहिरोले क्षति पुर्याकोएको छ । अविरल वर्षाका कारण १० नम्बर वडाको पेदामा ३ वटा घर, २ वटा घट्ट बाढीले बगाएको छ भने मोटरेवल पुलमा क्षति पुर्याएको छ । स्थानीय शिवबहादुर खत्री, बमबहादुर ओली र विर्खबहादुर खत्रीको घर बाढीले बगाउँदा तीन परिवार विस्थापित भएको छन् ।
त्यस्तै स्थानीयका २ वटा घट्ट पनि बाढीले बगाएको आठबीसकोट नगरपालिकाका प्रमुख रबि केसीले जानकारी दिनुभयो । केही दिन अगाडि बाढीले प्रभावित भएको क्षेत्र पेदामा थप क्षति हुनबाट जोगाउन नगर प्रमुख केसीको निर्देशनमा नगर प्रहरी र आठबीसकोट नगर विपद् शाखाको टोली स्काभेटर सहित प्रभावित क्षत्रमा पुगेको थियो ।
नगर प्रमुख केसीले सहितको टोलीले प्रभावित क्षत्र पेदामा स्थलगत अनुगमन गरेको छ । स्थलगत अनुगमनका क्रममा पीडित परिवारलाई भटेर तत्काल आवश्यक राहतको व्यवस्थापन गर्ने नगर प्रमुख केसीले आश्वासन दिनुभयो । त्यस्तै मोटरेवल पुलमा बाढीले क्षति गरेपछि आवतजावत गर्न तत्कालका लागि काठेपुलको व्यवस्था गर्ने पनि नगर प्रमुख केसीले बताउनुभयो ।
नगरपालिकाले नगरवासीलाई सुरक्षित रहन अनुरोध गरेको छ । वर्षायाममा बाढी तथा पहिरोको जोखिम उच्च रहेकोले सतर्क रहन सबै नगरवासीलाई नगरपालिकाको आग्रह छ ।
