Kakhara सबैको खबर सम्पूर्ण खबर
घाँटीको क्यान्सर पीडित जनकको उपचारको लागि आर्थिक सहयोग 
जनककी आमालाई उपचार खर्च हस्तान्त्रण गर्दै पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ८ का १७ वर्षिय जनक ओलीको उपचारको लागि आर्थिक सहयोग प्रदान गरिएको छ । घाँटीको क्यान्सरबाट पीडित ओलीको उपचारमा आर्थिक समस्या भएपछि विभिन्न व्यक्तिहरुले गरेको सहयोग आज उहाँकी आमालाई हस्तान्तरण गरिएको हो ।

सहयोगी अभियान्ता सानीभेरी गाउँपालिका ८ घर भई हाल जापानमा रहनुभएका नवराज केसीले बिरामी ओलीकी आमा पवित्रा ओलीलाई ६० हजार रुपैयाँ हस्तान्तरण गरिएको जानकारी दिनुभयो । आईतबार नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी मार्फत बिरामीकी आमालाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

ओलीको घाँटीमा क्यान्सर भएको गत फागुनमा मात्र पत्ता लागेको थियो । हिमालय मावि खोलागाउँमा बाली विज्ञान संकाय पढ्दै गरेका जनकलाई हाल उपचारमा आर्थिक समस्या परेको छ । जनककी आमा पवित्राका अनुसार छोराको उपचारको लागि घरको जायजेथा बेचेर हालसम्म करिब १६ लाख खर्च भइसकेको छ । 

अहिलेसम्म आठ पटक किमो चढाएको र २० पटक रेडियोेथेरापी गरिसकिएको तर डाक्टरले नियमित उपचार गरिरहनुपर्ने बताएको आमा पवित्राले बताउनुभयो । जनकलाई अहिले घरमै राखिएको छ । सहयोग संकलक अभियान्ता केसीले सामाजिक सञ्जाल मार्फत सहयोगको लागि अनुरोध गरिएकोमा विभिन्न सहयोगी दाताहरुले उक्त रकम उपलब्ध गराएको बताउनुभयो । 

आज हस्तान्तरण गरिएको रकम विभिन्न व्यक्तिहरुले सहयोगका लागि आह्वान गरेको बैंक खातामा जम्मा गरेको र पत्रकार महासंघका अध्यक्ष केसी मार्फत बिरामीको आमालाई दिइएको अभियान्ता केसीले बताउनुभयो ।

उहाँका अनुसार जनकको उपचारको लागि आफूले पाँच हजार दिनुभएको छ भने खमबहादुर ओलीले १० हजार एक सय, यामबहादुर खड्काले दुई हजार, प्रेम केसीले ६ हजार पाँचसय, बिनोद बिसीले पाँच हजार, उदिराम ओलीले चार हजार सहयोग गर्नुभएको छ ।

त्यसैगरी प्रकाश केसीले एक हजार, मोहन केसीले पाँच हजार तीन सय, पुष्पा ओली डाँगीले एक हजार पाँच सय, डियर लाल ओलीले दुई हजार ५२५, पलभान ओलीले दुई हजार, तुलबिर केसीले दुई हजार, तिलक केसीले दुई हजार, विकास ओलीले दुईहजार, छबिलाल केसीले एक हजार ६०५, मनजिता ओलीले एक हजार ६०५, कपिल ओलीले दुई हजार ९१०, रमेश खड्काले एक हजार ४५५ र धनविर ओलीले एक हजार ४५५ रुपिँया सहयोग गर्नुभएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update