
नेकपा माओवादी केन्द्रको ‘जनतासंग माओवादी विशेष रुपान्तरण’ अभियानका लागि रुकुम पश्चिमका ६ स्थानीय तहमा पनि इन्चार्ज तोकिएको छ । जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटै स्थानीय तहमा इन्चार्ज तोकिएका हुन् । मुसिकोट नगरपालिकामा जीवन बुढा, चौरजहारी नगरपालिकामा टीकाराम ओली र आठबीसकोट नगरपालिकामा लुम्बिनी गौतमलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।
त्यस्तै सानीभेरी गाउँपालिकामा मनबहादुर रावत, बाँफिकोट गाउँपालिकामा नेपबहादुर कँवर र त्रिवेणी गाउँपालिकाको इन्चार्जको जिम्मेवारी रत्नबहादुर ओलीलाई दिइएको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । यो अभियान भादौ १६ गते उद्घाटन भई तीन महिनासम्म संचालन हुने नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोका ‘सचिन’ले जानकारी दिनुभयो ।
यो अभियानले पार्टी रुपान्तरण हुने विश्वास माओवादी केन्द्रले लिएको छ । यो अभियानमा पार्टीका सबै नेता कार्यकर्ताहरु खटिने माओवादीले जनाएको छ । अभियान अन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत सात प्रदेशका सात वटा वडामा पुग्ने कार्यक्रम बनेको छ ।