नेकपा माओवादी केन्द्र रुकुम पूर्वको संयोजकमा ‘बिरता’

नेकपा माओवादी केन्द्र रुकुम पूर्वको संयोजकको जिम्मेवारी रामसुर बुढा ‘बिरता’लाई दिइएको छ । पार्टीको लुम्बिनी प्रदेश समिति बैठकले ‘बिरता’लाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो । विगत ९ महिनादेखि संयोजक पद रिक्त थियो । प्रदेश र संघीय निर्वाचनमा गठबन्धनलाई असहयोग गरेको भन्दै तत्कालिन संयोजक होमप्रकाश श्रेष्ठ हिमाल, हाल संयोजकको जिम्मेवारी पाउने बिरता लगायतलाई पार्टीले कारबाही गरेको थियो ।
त्यसपछि माओवादी केन्द्र रुकुम पूर्व संयोजक विहिन अवस्थामा थियो । यद्धपि उक्त कारबाही फिर्ता भइसकेको छ । त्यस्तै बैठकले रोल्पाको संयाजकमा पुरन केसी, प्युठानको संयाजकमा नमराज अधिकारी र गुल्मिको संयोजकमा युवराज केसीलाई तोकेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २, २०८० १८:२७
प्रतिक्रिया दिनुहोस्