नेपाल प्रेस युनियन रुकुम पूर्वको प्रथम जिल्ला अधिवेशनबाट नेतृत्व चयन गरिएको छ । आज रुकुमकोटमा भएको अधिवेशनबाट चेतकुमार बिसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । उपाध्यक्षमा पुजा बिसी र बसम मल्ल, सचिवमा प्रभा बस्नेत, सह सचिवमा उषा थापा र कोषाध्यक्षमा सामना बुढाथोकी निर्वाचित भएको निर्वाचन समितिका संयोजक भिमबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । सदस्यहरुमा दिलिप चन्द, कृतिमा बिसी, अणु हमाल, प्रमिला बिक, शिव बुढाथोकी, सूचना बुढा र लिङकल गौतम रहनुभएको छ ।
अधिवेशन आयोजक समितिका संयोजक चेतकुमार बिसीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रविर ददेलको प्रमुख तथा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठ र नेपाली काँग्रेस रुकुम पूर्वका उपाध्यक्ष भिमबहादुर खड्काको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका लुम्बिनी प्रदेश समिति सदस्य सरिता बिसी, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, प्रहरी नायब उपरिक्षक अञ्जना श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुकुम पूर्वका अध्यक्ष मैत्या घर्ती मगर, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी, प्रेस सेन्टर नेपाल रुकुम पूर्वका अध्यक्ष सर्जना कार्कीको आतिथ्यता रहेको थियो ।





-1759842583.jpg)