पत्रकार प्रचण्ड खत्रीमाथि हातपात गर्ने रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ छिनखेतका मेडिकल व्यवसायी लक्ष्मण शहीले माफी माग्नुभएको छ । हिजो अस्थायी प्रहरी पोष्ट छिनखेतमा भएको छलफलमा शाहीले गल्ती स्वीकार गर्दे माफी माग्नुभएको हो । आगामी दिनहरुमा यस्ता खालका गल्ती नगर्ने बताएपछि आफुहरु विचमा सहमति भएको पत्रकार खत्रीको भनाई छ ।
बाँफिकोट गाउँपालिकाले गरेको बजार अनुगमनको रिपोर्टिङका विषयमा शाहीले खत्रीमाथी हातपात गर्नुभएको थियो । अनुगमनको समाचारमा आफुले संचालन गरिरहेको सिस्ने हिमाल मेडिकल हलको फोटो प्रयोग गरेको भन्दै शाहीले खत्रीमाथि हातपात गर्नुका साथै ज्यान मार्ने धम्की दिनुभएको थियो । साथै खत्रीले प्रयोग गर्ने मोबाइल खोसेर फाल्दिनुभएको थियो ।
खत्री प्रेस सेन्टर बाँफिकोट गाउँपालिकाका अध्यक्ष तथा संगठनको जिल्ला समन्वय समिति सदस्य हुनुहुन्छ भने मध्यान्ह राष्ट्रिय दैनिकमा कार्यरत हुनुहुन्छ । यो घटनाको विषयमा प्रेस सेन्टर नेपाल रुकुम पश्चिम, नेपाल पत्रकार महासंघ रुकुम पश्चिम, प्रेस सेन्टर नेपाल मुसिकोटले विज्ञप्ती मार्फत दुःख व्यक्त गर्दै दोषिलाई कारबाहीको माग गर्नुका साथै आगामी दिनमा यस्ता घटना हुन नदिनका लागि सरोकारवाला पक्षको ध्यानाकर्षण गराएका थिए ।





-1759842583.jpg)