Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको विस्तारित बैठक सुरु 

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको विस्तारित जिल्ला समिति बैठक सुरु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ५ मा अवस्थित सहिद प्रतिष्ठानको सभाहलमा बिहान ११ बजेदेखि बैठक सुरु भएको हो । देशव्यापी रुपमा संचालन हुन लागेको पार्टीको तीन महिने विशेष अभियानको कार्ययोजना निर्माणका लागि बैठक बसेको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो । 

नेकपा माओवादी केन्द्रले भदौ १६ गते देखि देशभरमा तीन महिने जनतासंग माओवादी विशेष रुपान्तरण अभियान संचालन गर्न लागेको छ । आजको विस्तारित बैठकमा उक्त अभियान जिल्लामा संचालनका विषयमा कार्ययोजना निर्माण हुने संयोजक रोकाले बताउनुभयो । बैठकमा पार्टीका स्थायी समिति सदस्य कालीबहादुर मल्ल, पार्टीको विशेष अभियानका लागि रुकुम पश्चिम इन्चार्ज गगन खड्का, पालिका इन्चार्ज लगायत सहभागी हुनुहुन्छ ।

बैठकमा पार्टीका वडा कमिटी अध्यक्षदेखि केन्द्रसम्मका सबै नेताहरु, जवस÷मोर्चाका जिल्ला अध्यक्षदेखि केन्द्रसम्मका सवै नेताहरु, प्रदेश तथा केन्द्रिय सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरु, पार्टीका पालिका सल्लाहकारहरु, जवसका पालिका अध्यक्षहरु, पूर्व जनमुक्ति सेनाका पालिका समितिदेखि माथिका सबै नेताहरुको सहभागिता रहने छ । जिल्ला बैठकपछि सिधै वडामा जाने संयोजक रोकाले बताउनुभयो । पालिकाको बैठक आवश्यकता अनुसार अभियानको बिचमा भने बस्न सकिने उहाँको भनाई छ ।

369697734_207057922356847_7691451741372816084_n1692860901.jpg

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update