Kakhara सबैको खबर सम्पूर्ण खबर
उपप्रमुखलाई कारबाहीको माग

नेपाल निजामति कर्मचारी युनियन रुकुम पश्चिमले मुसिकोट नगरपालिकाका उपप्रमुख बिमलकुमार पुनलाई कारबाहीको माग गरेको छ । मुसिकोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नरेन्द्र ओलीमाथि हातपात, दुव्र्यवहार र गालीगलोज गरेको भन्दै संगठनले आज एक विज्ञप्ती जारी गर्दै उपप्रमुख पुनलाई कारबाहीको माग गरेको हो ।

त्रिभुवन जनता मावि खलंगाको कार्यालय संचालन तथा लेखा विषयमा शिक्षक पदपूर्तिको लागि लिखित र मौखिक परीक्षा संचालनको पूर्वसन्ध्यामा शिक्षक पदपूर्तिको विषयलाई लिएर ओलीमाथि भएको घटनाले संगठनको गम्भिर ध्यानाकर्षण भएको संगठनले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृतकै कार्यकक्षमा भएको यो घटनाप्रति घोर निन्दा गर्दै संगठनले उपप्रमुखमाथि कारबाहीको माग गरेको हो । 

‘कर्मचारीले कमजोरी गरे कानुनी कारवाही गर्ने बाटो हुँदा हुँदैपनि न्यायिक समितिको समेत जिम्मेवारी रहेका उपप्रमुख निहित स्वार्थ पुरा गर्न पूर्वाग्रही ढंगले कर्मचारीमाथि कुटपिटमा उत्रिनु दुःखद कुरा हो, यस्ता गतिविधि नियन्त्रण गरी कानुन हातमा लिने नगर उपप्रमुखलाई कानुनी कारबाहीका लागि मुसिकोट नगरपालिका, उपल्लो निकाय तथा सम्बन्धित सरोकारवाला सबै निकायलाई जोडदार माग गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ । 

साथै सबै कार्यालयमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन पनि संगठनले माग गरेको छ । संगठनका जिल्ला अध्यक्ष देवबहादुर ओली र सचिव कमल केसीले विज्ञप्ती जारी गर्नुभएको छ ।

370570398_3469458513327750_2454525456264532546_n1693065299.jpg

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update