Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट १० गाराबाङका चार जना माओवादीमा प्रवेश 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० मा चार जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टीको तीन महिने अभियानका क्रममा नेपाली कांग्रेस परित्याग गरी चार जना माओवादी केन्द्रमा प्रवेश गरेको पार्टीले जनाएको छ ।

गारावाङ सेल कमिटीको बैठक मार्फत उनीहरु पार्टी प्रवेश गरेको नेकपा माओवादी केन्द्र बाँफिकोट १० का इन्चार्ज हरि चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी प्रवेश गर्ने सबै गारावाङका हुन् । प्रवेश गर्नेहरूमा मनबहादुर बुढा, डिल्ली विष्ट, भरी बिक र देवी बुढा विष्ट रहनुभएको छ । यसअघि पनि सोही टोलका केही स्थानीय माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update