
घर घरमा माओवादी, जनजनमा माओवादी भन्ने नाराका साथ संचालित जनतासंग माओवादीः विशेष रुपान्तरण अभियान अन्तर्गत पार्टीको युवा संगठन वाइसीयल नेपाल चौरजहारी नगर कमिटीले श्रम अभियान सुरु गरेको छ । जनताकोमा पुगेर श्रमदान गर्ने गरी वाइसीयलले श्रमदान अभियान सुरु गरेको हो ।
जनयुद्धकालिन स्थापित नेता टेकबहादुर गिरीको घरबाट अभियानको सुरुवात गरेको वाइसीयलका नगर इन्चार्ज एल.बि कटुवालले जानकारी दिनुभयो । गिरीको बारीमा बदमबारीमा काम गरेर अभियानको सुरुवात गरेको उहाँको भनाई छ । यो अभियान नियमित रुपमा संचालन हुने उहाँले बताउनुभयो । पार्टीको अभियानलाई सहयोग पुग्ने गरी श्रमदान अभियानको सुरुवात गरिएको वाइसीयल चौरजहारीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८० १५:३२
प्रतिक्रिया दिनुहोस्