
रुकुम पश्चिम स्थित कार्यालय प्रमुख सँग विकास व्यवस्थापन ,सेवा प्रवाह, विपत् व्यवस्थापनलगायत सेवा प्रवाह विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले छलफल गर्नुभएको छ। रुकुमको स्यार्पू महोत्सवका जिल्ला आउनु भएका मत्री शर्माले जिल्ला प्रशासन कार्यालयमा भएको कार्यक्रममा जिल्लाको विकासलाई छिटोछरितो र प्रभाकारी बनाउन सबै एकताबद्ध भएर लाग्नु पर्ने बताउनुभयो।
उहाँले भन्नुभयो नागरिकको दैनिकी सङ्घ जोडिएका सेवालाई छिटोछरितो बनाउन कर्मचारी,जनप्रतिनिधि एकताबद्ध लाग्नु पर्दछ। स्वस्थ प्रतिस्पर्धा गरेर उत्कृष्ट जिल्लामा आएका बजेट ,योजना कार्यान्वयन , कार्यसम्पादन गर्नु पर्दछ। अहिले संविधान कार्यान्वयनकै चरनमा रहेकाले तिनै तह सङ्घ ,प्रदेश र स्थानीय तह सहकार्य गरेर मात्र जनसेवा गर्न सकिने उहाँको भनाई छ। उहाँले भन्नुभयो अहिले पनि वित्तीय , प्रशासनिक , कानुनी सङ्घीयता प्रदेशमा आएको छैन ।
जनतामा राज्य भएको अनुभूति दिन सुशासनलाई प्राथमिकता दिएर जनताप्रति उत्तरदायी बनेर काम गर्न कर्मचारीलाई निर्देशन दिनु भयो । उहाँले भन्नुभयो जनता नै सिर्जना,निर्माण र विकासका जननी भएकाले जनताकै सेवामा लाग्नु गौरवको विषय हो । कार्यक्रममा रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जिल्ला भए गरेका विकास ,नागरिक सेवा , समस्या र चुनौती आदि विषयमा जानकारी गराउनु भएको हो यस्तै कार्यक्रममा जिल्ला स्थिति कार्यालय प्रमुखले आ आफ्ना कार्यालय काम बारे जानकारी गराउनु भएको हो।
कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसी,जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतम लगायतको जिल्ला स्थिति कार्यालय प्रमुख र सुरक्षाा निकायका प्रमुखको सहभागिता रहेको थियो।