
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा आइसिटी फोरम गठन गरिएको छ । माओवादी केन्द्रको ३ महिने विशेष रूपान्तरण अभियानलाई सहयोग पुर्याउने उद्देश्यले आइसिटी फोरम गठन गरिएको हो । नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका कोषाध्यक्ष राजेन्द्र पुनको संयोजकमा १३ सदस्यीय आइसिटी फोरम गठन गरिएको माओवादी केन्द्र त्रिवेणीले जनाएको छ । आइसिटी फोरमले पार्टीले थालेको विशेष रूपान्तरण अभियानलाई अगाडी बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
आइसिटी फोरम गठन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा त्रिवेणी गाउँपालिका विशेष रूपान्तरण अभियानका इन्चार्ज रत्नबहादुर ओलीको प्रमुख आतिथ्यता रहको थियो । त्यस्तै पार्टीका कर्णाली प्रदेश सदस्य तथा वडा नम्बर ६ का इन्चार्ज गणेशकुमार केसी, आइसिटी फोरमका कर्णाली प्रदेश सदस्य तथा जिल्ला इन्चार्ज डम्बर विष्ट लगायत माओवादी नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।