Kakhara सबैको खबर सम्पूर्ण खबर
अखिल क्रान्तिकारी मुसिकोटको पाँचौँ नगर सम्मेलन असाेज १८ गते हुने 
बैठकका सहभागीहरु ।

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी मुसिकोट नगरपालिका रुकुम पश्चिमको चौथो विस्तारित बैठक सम्पन्न भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरिगाऊँ स्थित जिल्ला पार्टी कार्यालयमा भएको चौथो बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले अखिल क्रान्तिकारी मुसिकोट नगर समितिको पाँचौँ नगर सम्मेलन असोज १८ गते गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका मुसिकोट नगर समिति अध्यक्ष दुर्गाप्रसाद विकले जानकारी दिनुभयो । उहाँका अनुसार नगर सम्मेलनलाई सफल बनाउन विभिन्न विभागहरू पनि गठन गरिएको छ ।

प्रतिवेदन लेखन प्रमुखमा दुर्गाप्रसाद विक, आर्थिक विभागमा दीपक डाँगी, प्रचारप्रसार विभागमा धनश्याम खड्का, सांस्कृतिक विभागमा अञ्जना केसी, व्यवस्थापन विभागमा महेश सार्की, स्वयंसेवक विभागमा सुशान्त विक र प्रतिनिधि व्यवस्थापन विभागको जिम्मेवारी मनीषा सिर्पालीलाई दिएको छ । नगरभित्र रहेका १६ वटा माध्यमिक विद्यालयमा सम्बन्धित विद्यालयमा रहेका इकाई समितिकाले निःशुल्क शिक्षा प्रदान गर्न र ट्युसन कक्षाको अन्त्य गर्न ज्ञापन पत्र बुझाउने समेत निर्णय गरेको छ ।

त्यस्तै आगामी महिना देखि एक इकाई समितिले एक सृजनशील कार्यक्रमलाई अनिवार्य रूपमा अगाडि बढाउने निर्णय गरिएको छ । नगर सम्मेलनमा आर्थिक आवश्यक परेको खण्डमा जिल्ला समिति र नगर पार्टी समितिसँग समन्वय गरेर प्रतिनिधि शुल्क ५० र आयोजक शुल्क १ एक सय रुपैयाँका दरले उठाउने निर्णय समेत गरिएको अखिल क्रान्तिकारीका नगर अध्यक्ष विकले जानकारी दिनुभयो ।

अखिल क्रान्तिकारी मुसिकोट नगर अध्यक्ष विकको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा माओवादी केन्द्रका ३ महिने विशेष रूपान्तरण अभियानका मुसिकोट नगरपालिका इन्चार्ज जीवन बुढाको प्रमुख आतिथ्यता थियो । त्यस्तै मुसिकोट नगरपालिका पार्टी अध्यक्ष दलबहादुर खड्का, सचिव सुशील गौतम, सङ्गठनका केन्द्रीय सदस्य जीवन खड्का, जिल्ला अध्यक्ष नारायण केसी, प्रदेश सदस्य रमेश लामिछाने लगाएको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update