Kakhara सबैको खबर सम्पूर्ण खबर
बिरजितको निधनमा माओवादीको शोक, ‘पार्टीलाई अपूरणीय क्षति भयो’
बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रदाञ्जली अर्पण गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य महेन्द्रबहादुर केसी पारसमणि

नेकपा माओवादी केन्द्रले रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ का बिरजित बोहराको निधनमा शोक व्यक्त गरेको छ । २०२२ सालमा जन्मिनु भएका बोहराको हिजो हृदयाघातका कारण निधन भएको थियो । बोहराको निधनले पार्टीलाई अपूरणीय क्षति भएको भन्दै माओवादी केन्द्रले दुःख व्यक्त गरेको हो । 

उहाँ २०४८ साल यता समाज रूपान्तरणको अभियानमा सक्रिय हुनुहुन्थ्यो । २०४८ सालमा पात्लो मसालमा आबद्ध हुनुभएका बोहराले पार्टीले चालेका विभिन्न रूपान्तरण अभियान र वर्ग सङ्घर्षमा सहभागी भएकै कारण २०४८ सालमै सार्वजनिक मुद्दा खेप्नुपरेको थियो । 

२०५२ सालदेखि सञ्चालित जनयुद्धमा महत्वपूर्ण भूमिका खेल्नुभएको भएका बोहराले २०५८ साल फागुनमा माओवादीको पार्टी सदस्यता प्राप्त गरी हालसम्म २२ वर्ष पार्टीको सक्रिय राजनीतिमा आबद्ध रहेको माओवादीले जनाएको छ ।

बोहराको निधनप्रति दुःख व्यक्त गर्दै पार्टीले उहाँप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । उहाँको आज अन्त्येष्टि गरिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसी पारसमणिले बोहराको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो । बोहराको मुसिकोट ६ को ट्याखोलामा अन्त्येष्टि गरिएको हो ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update