Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमे गाउँपालिका ३ मा माओवादी केन्द्रको प्रशिक्षण

रुकुम पूर्व भूमे गाउँपालिका ३ मा नेकपा माओवादी केन्द्रको राजनैतिक वैचारिक कार्यक्रम गरिएको छ । भूमे ३ माओवादी केन्द्र वडा समितिको आयोजनामा सिमामा राजनैतिक वैचारिक कार्यक्रम गरिएको हो । माओवादी केन्द्रले सञ्चालन गरेको जनतासँग माओवादी केन्द्र तीन महिने अभियान अन्तर्गत आज शनिवार भूमे ३ सिमामा राजनैतिक वैचारिक कार्यक्रम गरिएको छ । सरकारले गरेका काम जनतासम्म पुग्न नसक्दा माओवादीप्रति अन्य विरोधी पार्टीले भ्रम छर्ने काम गरिराखेको माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले बताउनुभयो । 

पार्टीले गरेका नीतिगत तथा विकासका योजनाबारे जनतासम्म पुर्‍याउने र थप पार्टीलाई सशक्त गराउनेमा लामबद्ध हुनु पर्ने श्रेष्ठले बताउनुभयो । समानुपातिक, समावेशी, धर्म निरपेक्षता लगायत जनताले आफै कानुन बनाउने आफै कार्यान्वयन गर्ने प्रणाली माओवादीले लिएको प्रमुख श्रेष्ठले बताउनुभयो । तर माओवादीको यी उपलब्धिलाई अन्य पार्टीले उल्टाइ दिने तर्फ लागि परेकाले त्यसलाई खबरदार गर्नु पर्ने उहाँले बताउनुभयो । 

नयाँ संविधान बन्यो तर सुशासन कायम हुन नसक्दा विकासले तीव्रता पाउन नसकेको प्रदेश सचिवालय सदस्य तथा भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभयो । हाल अध्यक्ष प्रचण्ड नेतृत्वकाे सरकारले सुशासनलाई जोड दिँदै नेपाल समृद्धि तर्फ माओवादी केन्द्रले काम गर्दै गरेको श्रेष्ठले बताउनुभयो । देशको समृद्धिका लागि माओवादी पार्टीले काम गर्दै आएको उहाँले बताउनुभयो । माओवादी पार्टीले नेतृत्व गरेको हरेक पटक विकासको प्रतिफल देखिदै आएको श्रेष्ठले बताउनुभयो । अन्य पार्टीले सरकारको नेतृत्व गर्दा सरकारको कुनै पनि महत्त्वपूर्ण काम नदेखिएको उहाँले बताउनुभयो । यसै गरी पालिकाको कामबारे प्रकाश पार्दै उहाँले बजेट कार्यान्वयन गर्दा उपभोक्ता समितिले पनि समयमै दिगो विकासलाइ ध्यान दिँदै काम गर्न आग्रह गर्नुभएको छ । 

विगतको चुनावका कुरा भन्दा अबको मिसन २०८४ लक्ष्यका छलफल गर्दै काममा लाग्नु पर्ने भूमे गाउँ समितिका अध्यक्ष रुपधन कामीले बताउनुभयो । बितिसकेको कुरा गर्दा पार्टीको काम पछि धकेलिने हुँदा आगामी योजनाको कुरा गर्दै पार्टीलाई अघि बढाउनेमा जोड दिन सबैलाइ अध्यक्ष कामीले आग्रह गर्नुभयो । पार्टीका पुराना व्यक्तिले पनि पार्टीको काममा सक्रिय हुँदै नयाँलाई साथमा लिँदै जानू पर्नेमा कामीले जाेड दिनुभयाे । माओवादी केन्द्र भूमे ३ वडा समितिका अध्यक्ष चन्द्र रसाइलीको अध्यक्षतामा कार्यक्रम भएको हो । 

प्रमुख अतिथिमा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ रहनुभएकामा विशेष अतिथिमा प्रदेश सचिवालयका सदस्य तथा भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, भूमे गाउँ समितिका अध्यक्ष रुपधन कामी रहनुभएकाे थियो । अन्य अतिथिमा गाउँ समितिका उपाध्यक्ष लिलाप्रसाद सुनार, सहसचिव ओमकुमारी राना, वडा इन्चार्ज तथा वडाध्यक्ष प्रशुराम बुढा, गाउँ समिति सदस्य ओमप्रकाश बिक, मनकुमारी पुन, वडा सदस्य अर्थलाल रोका, नरबहादुर सुनार, निमकुमारी सुनार, गाउँ समितिका सल्लाहकार हिक्मत पुन, वाइसिएल नेपाल वडा संयोजक लालमण श्रेष्ठ लगायत रहनुभएकाे थियाे । कार्यक्रमको सञ्चालन वडा समिति सचिव प्रेमप्रसाद सुनारले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update